News

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने सम्पर्कविहिन  !

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने सम्पर्कविहिन  !

बालिका बलात्कारको आरोप लाजेका क्रिकेटर सन्दीप लामिछाने सम्पर्कविहिन भएका छन्। नेपाल फर्कन एयरपोर्टमा छु भनेका लामिछाने आइतबारयता सम्पर्कविहीन भएका हुन।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)लाई उनले आइतबार आफू नेपाल आउन लागेको जानकारी दिएका थिए। तर, उनी नेपाल आइपुगेका छैनन्। उनी प्रहरीको सम्पर्कमा पनि नरहेको जनाईएको छ।

शुक्रबार उनले सामाजिक सञ्जालमा आफू निर्दोष भएको र नेपालको कानुनमा आफू विश्वस्त भएको भन्दै केही दिनमै नेपाल फर्किने बताएका थिए। आफूमाथि आधारहीन आरोप लागेको भन्दै उनले आफू सबै आरोप सामना गर्न तयार रहेको बताएका छन्।

तर उनीविरुद्ध उजुरी परेको एक साता भइसक्दा पनि नेपाल फर्किएका छैनन्। ‘आइतबार उनले नेपाल फर्किंदै गरेको र आफू एयरपोर्टमा भएको बताएका थिए, त्यसयता उनीसँग सम्पर्क भएको छैन,’ क्यानका सचिव प्रशान्तविक्रम मल्लले भने।

प्रहरी भने मंगलबारसम्म सन्दीप नेपाल फर्किने आशमा छ। प्रहरीले अध्यागमन विभागमा पत्राचार गरी उनलाई कालोसूचीमा राख्न लगाएको छ। उनले आफैं नेपाल आउने भनेपछि इन्टरपोलको प्रक्रिया अघि नबढाएको काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले बताए। तर, अहिले उनी कहाँ छन् भन्ने आफूहरुलाई जानकारी भने नभएको उनको भनाइ छ।

सन्दीप भदौ ६ गते केन्यामा हुने टी–ट्वान्टी खेल्न केन्या पुगेका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी उत्तर अमेरिकी देश सेन्ट लुसिया पुगेका थिए। उनी विरुद्ध भदौ २१ गते १७ वर्षीय एक किशोरीले आफूलाई सन्दीपले बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा उजुरी दिएमी छिन।

होटलको कोठामा राखेर मादक पदार्थ सेवन गराई सन्दिपले आफूलाई पटकपटक बलात्कार गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी छन्।

विशेष