News

यस्तो रहेछ बच्चा चोरी हुने हल्ला, कारवाही गर्ने साइबर व्यूरोको चेतावनी

यस्तो रहेछ बच्चा चोरी हुने हल्ला, कारवाही गर्ने साइबर व्यूरोको चेतावनी

जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्ति नेपाल प्रवेश गरेको हल्ला भ्रामक भएको नेपाल प्रहरीको साइबर व्यूरोले स्पष्ट पारेको छ। ब्युरोले सूचना जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि सूचना प्रहरीमा नआएले त्यस्तो अल्ला चलाएर भ्रम छर्नेलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ।

सामाजिक सञ्जालमा भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्ति नेपाल प्रवेश गरेको अफवाह फैलिएपछि साइबर व्यूरोले सूचना जारी गरी कारबाहीको चेतावनी हो। व्यूरोले सूचनामा भनेको छ, ‘सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैं देशभर रहेका कुनै पनि प्रहरी कार्यालयमा हालसम्म कुनै पनि माध्यमबाट कुनै पनि उजुरी÷सूचना प्राप्त भएको छैन।’

सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जोकोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गरिने सूचनामा उल्लेख छ ।

सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै व्यूरोले विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए प्रहरी कार्यालयमा खबर गर्न सूचित गरेको छ । सामाजिक सञ्जालमा बच्चा छोरी हुने सूचना भाइरल भएपछि नागरिक आतंकित भएका छन् ।  विद्यालय र सरोकारवालाले समेत सतर्क रहन सूचना जारी गरेका छन् । यस्तो सुचना जारी भएसँगै कतिपय अभिभावकले बच्चा विद्यालय पठाउन समेत छोडेका छन्।

विशेष