News

कोरोनाको वहानामा बन्द गरिएका नाका खोल्न चीन कसरी भयो तयार ?

कोरोनाको वहानामा बन्द गरिएका नाका खोल्न चीन कसरी भयो तयार ?

कोरोनाको वहानामा बन्द गरिएका नेपालसँगका दुईवटै ब्यापारिक नाका तत्काल सञ्चालन गर्न चीन तयार भएको छ । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले बुधबार दुबै नाका तत्काल संचालन हुने प्रतिवद्धता जनाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका तत्कालै सञ्चालन हुने राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ। चिनियाँ नेता लीले राष्ट्रपति भण्डारीसँग भेट्नुअघि व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग आफुले कुरा गरेको र तत्कालैदेखि नाका खुल्ने बताएको जनाईएको छ।

नेपालसँगको व्यापारिक नाका हेर्ने चिनियाँ अधिकारीसँग आफुले कुरा गरेको र यो सन्देश राष्ट्रपति सि चिनफिङसमक्ष पनि पुगेपछि उनले बताएका थिए। नेपाल र चीनबीचको दुबै नाका सञ्चालन नहुँदा नेपाली व्यापारीहरु वर्षौदेखि समस्यामा छन्।

यो पनि,

नाकावन्दी

विशेष