News

वहालवाला न्यायाधिशले समितिलाई बयान नदिने 

वहालवाला न्यायाधिशले समितिलाई बयान नदिने 

निलम्वित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले नाम पोलेपछि प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले बहालवाला न्यायाधिहसँग पनि बयान लिने निर्णय गरेको छ। तर, न्यायाधीशहरुले भने बयानका लागि उपस्थित नहुने निर्णय गरेका छन् ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले समितिले बोलाए पनि सहभागी हुन नसक्ने निर्णय गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले संसदीय समितिमा बहालवाल न्यायाधीसहरु उपस्थित हुन नसक्ने निर्णय गरेको हो ।

स्वतन्त्र न्यायपालिका सम्बन्धी मूल्य र मान्यता, संवैधानिक प्रावधान, शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा बहालवाला कामु प्रधानन्यायाधीश र अरु न्यायाधीशहरु बैठकमा उपस्थित हुन नसक्ने भनी निर्णय गरिएको जनाईएको छ।

समितिको बुधबार वसेको बैठकले बहालवालाल न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । चोलेन्द्रले नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए । उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।

यो पनि,
चोलेन्द्रले नाम पोलेका ब्यक्ति पनि छानविनमा तानिए, यस्तो छ समितिको तयारी

विशेष