News कर्पोरेट

माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप र वेबसाइटमार्फत यसरी प्राप्त गर्न सकिन्छ रेमिट्यान्स 

माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप र वेबसाइटमार्फत यसरी प्राप्त गर्न सकिन्छ रेमिट्यान्स 

माछापुच्छ्रे बैंकले अमेरिका र युरोपमा बस्ने नेपालीलाई लक्षित गरी मोबाइल बैंकिङ एप र वेबसाइटबाट रेमिट्यान्स पठाउन सक्ने सुविधा सञ्चालनमा ल्याएको छ।


यो योजना अन्तर्गत ग्राहकले माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप वा वेबसाइट मार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन्। अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधा अन्र्तगत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर रिक्वेस्ट रेमिटमार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिने छ।

नेपालमा रहेका व्यक्तिले आफूलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन सक्नेछन्। उक्त लिंकमा गएर विदेशमा रहेका नेपालीले सजिलै र सहजरुपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन्।

यो सुविधा विदेशमा रहेका नागरिकहरुले क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरि पनि पठाउन सक्ने बैंकले जनाएको छ। 

विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा अमेरिका, युरोप तथा नेपालमा बसेका ग्राहकले बिना झन्झट एकै क्लिक गरि घरमै बसेर उक्त रेमिटान्स सुविधाको प्रयोग गर्न सक्नेछन्। 

यो सुविधाको प्रयोग रेमिटान्स पठाउने र पाउने दुवैले उपयोग गर्न सक्नेछन्। हाललाई अमेरिका तथा युरोपमा रहेका नागरिकहरुले मात्र यो सुविधा प्रयोग गर्न सक्नेछन्। 

बैंकले मोबाइल बैंकिङ एपलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीनतम सुविधाहरु थप्दै ल्याइरहेको बताएको छ। 

विशेष