News

शिक्षक सेवा तयारीका लागि उत्कृष्ठ गन्तब्य बन्दै यूनियन एजुकेशन 

शिक्षक सेवा तयारीका लागि उत्कृष्ठ गन्तब्य बन्दै यूनियन एजुकेशन 


शिक्षक सेवा आयोगले केही वर्ष यता वार्षिक कार्यतालिका बनाएर खुला तथा आन्तरिक प्रतिस्पर्धात्मक परीक्षाकालागि दरखास्त आह्वान गरिरहेको छ । 

आयोगले चालु आर्थिक वर्षको वार्षिक कार्यतालिका सार्वजनिक गरिसकेको छ । शिक्षक सेवा आयोगको अध्यापन अनुमति प्राप्त गरेका करिब ३ लाख व्यक्ति नेपाली श्रम बजारमा रहेको तत्थ्यांक छ । यसमा प्रत्येक वर्ष हजारौँको संख्यामा लाईसेन्सधारीहरु थपिने क्रम जारी छ । लाखौँ प्रतिश्पर्धिबीच उत्कृष्ठ नतिजा ल्याएर छनोट हुनु चुनौतीका रुपमा रहेको छ । 

आयोगले हालै सञ्चालन गरेको खुल्ला प्रतियोगिताको परिक्षाको नतिजाले अध्यापन अनुमति प्राप्त व्यक्ति लाखौँ भएपनि सबै प्रतिश्पर्धाका लागि योग्य छैनन् भन्ने पुष्टि गरेको छ । जसको उदाहरण हो मधेश प्रदेशको नतिजा । तीनवटै तहको माग संख्या अनुसार पनि परीक्षार्थी उर्तिण हुन सकेनन् । परीक्षार्थीले उर्तिणाकं मात्रै ल्याएको भएपनि शिक्षक बन्ने सम्भावना थियो । आयोगले मागेको संख्यामा विद्यार्थी उर्तिण हुन नसक्दा पद खाली रहेका छन् । 


शिक्षक सेवा आयोगको परिवर्तित पाठ्यक्रम अनुसार परीक्षार्थीले तयारी गर्न नसक्दानै यस्तो अवस्था आएको हो भन्न संकोच मान्नु पर्ने अवस्था देखिदैन । परीक्षार्थीले तयारी नगरेका पनि होइनन् । धेरैले राजधानीमै आएर विभिन्न इन्स्टिीच्युटमा तयारी कक्षा लगेका छन् । धेरैले महंगो शुल्क तिरेर घरमै कक्षा लगेका छन् । स्वअध्ययन गरेर परीक्षा दिने पनि धेरै छन् । तर, पढ्ने जती सबै उर्तिण भएनन् । 

पछिल्लो समय बर्खे च्याउझैँ शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने इन्स्टिीच्युट जन्मिरहेका छन् । आयोग तयारी गराउने इन्स्टिीच्युटहरुको भिडमा परीक्षार्थीलाई सही मार्गदर्शन गराउन सक्ने प्रशिक्षक भएका ठाउँ छनोट गर्न नै मुस्किल भएको छ । आयोगको तयारीका लागि अनुभवी प्रशिक्षकको खाँचो पर्दछ । त्यति मात्रैले पुग्दैन । नियमित कक्षा सञ्चालन, नियमित मार्गदर्शन, सहि पाठ्यक्रम र पाठ्यवस्तु, भौतिक कक्षामा बसाई व्यवस्थापन, आवधिक परीक्षा तथा पृष्ठ पोषण नभइ आयोगको तयारी पुग्न सक्दैन । 

शिक्षक सेवा आयोगको तयारी गराउने इन्स्टिीच्युटहरुको अग्रपंक्तिमा यूनियन एजेकेशनको नाम आउन थालको छ । शिक्षक सेवा आयोगका परीक्षार्थीहरुले यूनियन एजुकेशनलाई उत्कृष्ठ ‘रेटिङ’ गर्दै आएका छन् । काठमाडौँको बागबजार र तनहुँको दमौलीबाट भौतिक कक्षा र देशैभर अनलाईनबाट शिक्षक सेवाका तयारी कक्षा गराएको यूनियन एजुकेशनले स्थापनाकालको पहिलो वर्षमै लोकप्रियता पाएको छ ।

यूनियनले शिक्षक सेवा आयोगको तयारीका लागि अनुभवी प्रशिक्षकको चुस्त व्यवस्था गरेको छ । यूनियनमा नियमित कक्षा सञ्चालन हुन्छन् । अनुभवी प्रशिक्षकद्धारा नियमित मार्गदर्शन गरिन्छ । सहि पाठ्यक्रम र पाठ्यवस्तु उपलब्ध गराइन्छ । 

पछिल्लो समय यूनियन एजुकेशन शिक्षक सेवा आयोगसम्बन्ध तयारी कक्षाका लागि ‘बेस्ट हब’को रुपमा चिनिन थालेको छ । यसको पछाडी केही कारणहरु छन् । पहिलो सकरात्क पक्ष भनेको यूनियन एजुकेशनका सञ्चालक रमेश भट्टराईनै शिक्षक हुन् । शिक्षाशास्त्रबाट डिग्री गरेको अनुभव र लामो समयदेखि शिक्षण पेशामा आबद्ध भएको अनुभवले गर्दा शिक्षा आयोगको तयारी कसरी गर्नुपर्छ भन्ने बारेमा सञ्चालक जानकार छन् । 

दोस्रो पक्ष, यहाँ उपलब्ध देशकै उत्कृष्ठ प्रशिक्षक हुन् । पहिलो पत्रका लागि पुर्व उपसचिवहरु, लेखकहरु तथा विषय विज्ञहरुनै यूनियनमा उपलब्ध छन् । सामान्यज्ञान खण्डमा चर्चित लेखक तथा प्रशिक्षक पदमराज आचार्य, कुमार तिमिल्सिना (आइक्यू गोल्ड मेडलिस्ट), सामान्यज्ञानविद भिमराना जिज्ञासु, सविन घिमिेरले तयारी गराउँछन् । 

तेस्रो पक्ष, शिक्षक सेवा आयोग र शिक्षा सम्बन्ध कक्षा मात्रै सञ्चालन गरिने भएकाले शिक्षक व्यवस्थापन, समय व्यवस्थापन र तयारीको लागि यूनियन भन्दा राम्रो शैंक्षिक हब अरु उपलब्ध हुन सकेको छैन ।

यूनियन एजुकेशनले तयारीकर्ताको उत्प्रेरणाका लागि साप्ताहिक परीक्षामा पुरस्कारको व्यवस्था गरेको छ । साप्ताहिक परीक्षामा उत्कृष्ठ नतिजा हाँसिल गर्ने प्रतियोगिलाई पुरस्कारबाफत १५ सय उपलब्ध गर्ने व्यवस्था गरिएको छ । मुनाफा खोज्नमात्रै तम्सिएका धेरै इन्स्टिीच्युटहरु साप्ताहिक परीक्षा गर्नकै लागि नाक खुम्च्याइरहँदा यूनियन भने परीक्षार्थीलाई उत्प्रेरणा जगाउन तत्पर छ ।

हालै प्रकाशित माध्यामिक तहको नतिजा अनुसार यूनियन एजुकेशनले सर्वाेत्कृष्ठ नतिजा ल्याएको दाबी गरेको छ । यूनियनमा अध्ययन गरेर शिक्षक सेवा आयोगको लिखित चरण उर्तिण गरेका परीक्षार्थीको नामावली प्रकाशित सर्वाेत्कृष्ठ नतिजा ल्याएको दाबी गरेको छ । गणीत विषयमा परीक्षा दिएका प्रतिश्पर्धीमध्ये ९० प्रतिशतले यूनियनमै अध्ययन गरेको दाबी छ । 

यूनियनमा अध्ययन गरेर उतिर्ण भएका परीक्षार्थीहरु नामावली प्रकाशन हुँदैगर्दा अन्य इन्स्टिीच्युट भने उर्तिण परीक्षार्थी देखाउनै सकिरहेका छनन् । 

यूनियन इन्स्टिीच्युट

विशेष