News

देखियो बालेन्द्रको हिम्मतः डोजर लिएर टुकुचा खोज्दै महानगर

जव बालेन्द्रको डोजर जय नेपाल हलको कम्पाउन्डभित्रै छिर्यो...

देखियो बालेन्द्रको हिम्मतः डोजर लिएर टुकुचा खोज्दै महानगर

काठमाण्डौ महानगरपालिकाको अतिक्रमित क्षेत्र खाली गर्दै हिडेका मेयर बालेन्द्र साह विहिबारदेखी टुकुचा खोला छिरेका छन्।

टुकुचा खोला छोपेर ब्यापारिक भवन निर्माण गरिएको र करोडौं रुपैयाँको खोलाको जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा सारिएको विषयमा नेपाल आजले पटक पटक समाचार सम्प्रेसण गरेको थियो। स्थानीयहरुले समेत खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको  माग गर्दै आइरहेको थिए ।

यसैविच महानगरको टोलीले विहिबार जय नेपाल हलको कम्पाउन्डभित्रै उत्खनन गरेको छ । नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । 

त्यस विषयमा महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको छ ।

काठमाण्डौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब छ। खोलामाथि ६ तलेभन्दा अग्ला भवन बनेका छन । सबै व्यापारिक प्रयोजनमा प्रयोग भएका छन । यहाँ ब्यापारिक भवनदेखि बैंक, रेष्टुरेन्ट लगायतका संरचना वनाईएको छ ।

कुनै बेला इच्छुमतिको नामले चिनिने टुकुचा बूढानीलकण्ठबाट सुरु भएर बालुवाटार, हात्तीसार, प्रदर्शनी मार्गहुँदै थापाथली नजिक बागमतीमा गएर मिसिएको छ । टुकुचा, कुनै समय ठूलै खोला थियो। तर अहिले खोला वेपत्ता भएको छ। हात्तीसार क्षेत्रमा त टुकुचा खोलामाथि व्यापारिक भवनहरु बनेका छन् र त्यहाँ लक्ष्मी बैंकले आफनो केन्द्रीय कार्यालय नै संचालन गरेको छ। यो सँगै इन्स्योरेन्स तथा रेष्टुरेण्ट पनि संचालनमा छन् ।

काठमाण्डौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापी नक्सामा छैन। यो क्षेत्रमा खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ । 

यो पनि 

टुकुचा खोला लक्ष्मी बैँक

विशेष