News विदेश

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कारण दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कारण दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कारण बुधबार दुर्घटनामा परेको छ। उनी सवार कार एक निजी कारसँग ठोक्किएको छ। रुसको कब्जाबाट छुटाएको इजियम सहरमा पुगेर युक्रेनको झण्डा फहाराउने कार्यक्रममा भाग लिएका उनी सो कार्यक्रमपछि दर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।


जेलेन्स्की घाईते भएपनि गम्भीर चोट लागेको छैन, दुर्घटनामा परी कारका मलिक पनि घाइते भएका छन्। उनको अहिले अस्पतालमा उपचार भइरहेको छ। सरकारका प्रवक्ता सर्गी निकिफोरोभले दिएको जानकारीअनुसार दुर्घटनाको सबै पक्षबारे अनुसन्धान भइरहेको छ। 

पछिल्लो समय युक्रेनी सेनाले रुसी कब्जाबाट आफ्नो भूमि फिर्ताको प्रयास बढाएको छ। जेलेन्स्कीले यसअघि नै रुसले कब्जा गरेको आठ हजार वर्ग किलोमिटरको भूमिमा कब्जा जमाएको बताएका थिए।

विशेष