News

चीनियाँ टोलीको भ्रमण पारदर्शी गर्न माग गर्दा पक्राउ परेका यादव रिहा 

चीनियाँ टोलीको भ्रमण पारदर्शी गर्न माग गर्दा पक्राउ परेका यादव रिहा 

भदौ २६ गते पक्राउ परेका राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव शुक्रबार छुटेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाण्डौले यादवलाई साधारण तारेखमा छोडेको हो।

भदौ २७ गते नेपाल भ्रमणमा आउन लागेको चीनियाँ टोलीको गतिविधि र भेटवार्ता पारदर्शी गर्नु पर्ने माग गर्दै विज्ञप्ति जारी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। अभियानकी उपाध्यक्ष सुनिता साहका अनुसार आईतबार मात्रै विज्ञप्ति जारी गरेका यादव सोमबार पक्राउ परेका थिए।

देश र जनताको हितमा आवाज उठाउँदा अभियानका अध्यक्ष यादवलाई सरकारले प्रहरी लगाएर बन्धक वनाएको साहले आरोप लगाएकी थिईन। चिनीयाँ प्रतिनिधि मण्डलको भेटवार्ता पारदर्शी गर्नु पर्ने माग राखेकै आधारमा यादवलाई प्रहरीले पक्राउ गरेको भन्दै उनले सरकारको कदमको निन्दा गरेकी थिईन्।

यादवले ०७४ सालको आम निर्वाचनदेखि नै नेपालमा चीनको भुमिका शंकास्पद भएको भन्दै विज्ञप्ति जारी गरेका थिए। उक्त निर्वाचनमा वाम गठबन्धन निर्माणमा चीनले दवाब मुलक भुमिका निर्वाह गरेको उनको आरोप थियो।

आसन्न निर्वाचनको मुखमै जम्बो चिनिया टोली भ्रमण आफैमा संशयपुर्ण रहेको भन्दै उनले चीनियाँ टोलीको नेपालमा आगमनदेखि प्रस्थानसम्मको सम्पुर्ण विवरण आम नेपाली जनतामा पारदर्शी रूपमा पुग्नुपर्ने माग गरेका थिए। 

विशेष