News

छानविनको उदेश्य जवरालाई कारवाही मात्रै की आरोपको अनुशन्धान पनि ?

छानविनको उदेश्य जवरालाई कारवाही मात्रै की आरोपको अनुशन्धान पनि ?

महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज पनि बयान लिदैंछ। बुधवारको वयानका क्रममा जबराले सहकर्मी न्यायाधीशहरूमाथि गम्भिर आरोप लगाएका छन्।

६ महिनादेखि निलम्वनमा रहेका जवराको उक्त आरोपपछि सम्वन्धित न्यायाधिसहरुमाथि छानविन होलाकी नहोला भन्ने अहिले ब्यापक चासो छ। खास गरी उनले न्यायाधीश हरिकृष्ण कार्कीमाथि दोहोरो भूमिका खेलेको आरोप लगाए । प्रकाशमानसिंह राउतको चरित्र र नैतिकतामाथि प्रश्न उठाए । अनि ईश्वर खतिवडालाई संकेत गर्दै ‘इमेल लेख्ने न्यायाधीश’ भनेर ब्यंग्य गरे। दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईमाथि इजलासमा बस्न इन्कार गरेकोमा कटाक्ष गरे ।

जबराले अहिलेका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीमाथि ‘कसैले प्रधानन्यायाधीश बनाइदिन्छु भनी उचालेको भरमा हौसिने न्यायाधीश’ भनेर आलोचना गरे। न्यायाधीशको रुपमा प्रकाशमानसिंह राउतले तीनवटा गम्भिर अपराधको विषयमा आफले प्रश्न गरेको वताए। मुद्दा हेर्दाहेर्दैमा राख्ने, अनि आफू बस्ने गरेको ठाउँ माथि बोलाएर मुद्दाको पक्षहरुलाई बार्गेनिङ गर्ने, हरेक साँझ भट्टीमा जाँड खाएपछि पीएएसओ र ड्राइभरले मोटरमा हाल्नुपर्ने, आफ्नै श्रीमतीलाई महिला हिंसा, सम्बन्धविच्छेद गर्न खोजेपछि आफरले सुध्रिनुस् या राजिनामा दिनुस् भनेर सुझाएको उनले वताए। तर त्यसको रिसमा राउतले बारसँग मिलेर यो अवस्थामा पुर्याएको जवराको आरोप छ।

अहिलेका दीपक कार्की, हरिकृष्ण कार्की मुद्दाबाट पन्छिने गरेको उनको भनाई छ। ‘मुद्दा हेर्दाहेर्दैमा महिनौं राख्नुहुन्छ, अनि पन्छिनुहुन्छ । हरेक पटक ।’

जबराले नामै लिएर कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र अर्का न्यायाधीश हरिकृष्ण कार्कीलाई लाञ्छित पनि गरे । प्रधानन्यायाधीश बन्ने महत्वाकांक्षाले दीपककुमार आफ्नाविरुद्ध गुटबन्दीमा लागेको आरोप लगाए भने अर्का न्यायाधीश हरिकृष्णलाई पनि स्वार्थ मिलेका मुद्दामा चाख लिएर हेर्ने र अन्य मुद्दा पन्छाउने प्रवृत्तिको भन्दै आलोचना गरे । त्यस्तै अर्का न्यायाधीश प्रकाशमानसिं राउतका घरायसी सम्बन्धका विषयमा समेत उनले टिप्पणी गरे ।

जवराले उठाएको यो विषय उनको मात्र होईन, यसअघि सडकमा समेत लाग्दै आएको आरोप हो। त्यसैले अवको कदम खाली वयानका लागि वयान वा जवरालाई कारवाही गर्ने दिशामा मात्र केन्द्रित हुन्छ वा उनले र सडकमा समेत अन्य न्यायाधिश उपर लाग्दै आएको आरोपको पनि छानविन हुन्छ ? भन्ने विषयमा ब्यापक चासो सुरु भएको छ।
 

विशेष