News

२०औं पटकको अनशनमा ५ दिनमै अस्पताल भर्ना भए डा. केसी 

२०औं पटकको अनशनमा ५ दिनमै अस्पताल भर्ना भए डा. केसी 

२०औं पटक अनशनमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

अस्पतालले शुक्रबार स्वास्थ्य बुलेटिन जारी गर्दै केसीको अवस्था जटिल बन्दै गएको जनाएको छ। बुलेटिनमा पोषण तत्व र पानीको मात्रा कम भई जटिलता बढ्दै गएको उल्लेख छ। 

अस्पतालले ‘शरीरमा पोषण तत्व र पानीको असन्तुलनले बेहोस हुने सक्ने, कम्पन हुन सक्ने (सिजर), रोगसँग लड्न सक्ने क्षमता कम भइ विभिन्न संक्रमण हुन सक्ने, मुटुको धडकन, श्वासप्रश्वास र रक्तचाप गडबढ भइ अंग र प्रणाली खराबी हुन सक्ने वा ज्यान जोखिममा पर्न सक्ने’ सक्ने संभावित जोखिम समेत बुलेटिनमा उल्लेख गरेको छ। 

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै डा. केसी ५ दिनअघि धनगढी पुगेर २०औं पटक अनशनमा बसेका थिए।

विशेष