News

टुकुचामाथि नक्सा पास नै नगरी कसरी बनायो लक्ष्मी बैंकले आलिसान भवन ?

टुकुचामाथि नक्सा पास नै नगरी कसरी बनायो लक्ष्मी बैंकले आलिसान भवन ?

हात्तीसारस्थित लक्ष्मी बैंकको केन्द्रीय कार्यालय भवन नक्सा पास नै नगरी निर्माण गरिएको खुलेको छ। 

टुकुचा खोला छोपेर भवन बनाउने क्रममा नै उक्त अवैध संरचना भत्काउन काठमाण्डौं महानगरपालिकाले पत्राचार गरेपनि त्यसको वेवास्ता गरी भवन बनाईएको महानगरका जानकार कर्मचारीहरु बताउँछन। उनिहरुका अनुसार ०६४ सालमा नै महानगरपालिकाले पत्र काटेर बैंकको संरचना भत्काउन भनेको थियो।

त्यसपछि महानगरले ०६६ जेठ २४ गते पनि सार्वजिनक सूचना निकालेर टुकुचा (इक्षुमती) खोलाको अतिक्रमण हटाउन भनेको थियो भने ०७६ सालमा वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार गरेको थियो। तर सुचनाको वेवास्ता गरी कैंकले भब्य भवन बनाएको स्थानियको आरोप छ।

नेपालकै ठुला ब्यापारिक घराना मध्ये खेतान समूहका राजेन्द्र खेतान मूख्य प्रवर्धक रहेको यो वैंकले भवन आफ्नो प्रयोगमा मात्रै राखेको छैन। बैंक आफु त वसेको छ नै, अन्य ब्यापारिक प्रतिष्ठानलाई समेत भाडामा राखेको छ। सार्वजनिक सम्पत्ति हडपेर लक्ष्मी बैंकले करोडौ रुपैयाँ भाडा मात्रै असुलीरहेको जानकारहरु वताउँछन् । 

यो भवनमा हिमालय बैंक, एभ्रेष्ट इन्स्योरेन्स, प्राईम लाईफ इन्स्योरेन्स, बोटलर्स नेपाल तथा खेतान समुहका अन्य ६ ब्यबसायका कार्यालय पनि संचालनमा रहेको वताईन्छ। टुबोर्ग बियर, गोर्खा बियर, सानमिगल बियर र कार्ल्सवर्ग बियर बनाउने गोर्खा ब्रुअरी र मायोज चाउचाउ बनाउने हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रालिसम्म यही भवनमा संचालनमा छन्। 

यस विषयमा बैंकका चिफ इन्फरमेसन अफिसर पियुसराज अर्यालसँग पटक पटक सम्पर्क गर्दा पनि उनले जवाफ दिन चाहेका छैनन्।

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वकिय सचिव भुपदेव साहले अहिले प्राविधिक टोलीले खोलाको यथार्थ अवस्था पत्ता लगाई रहेकाले अवैध रुपमा खडा भएका सवै संरचना हटाईने बताए।
यो पनि 

टुकुचा खोला लक्ष्मी बैँक

विशेष