लक्ष्मी बैंक परिसरमा बालेन्द्रको डोजर, १२ फिट खोतल्दै भेटियो टुकुचा

काठमाडौं महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैंक परिसर खोतलेर टुकुचा खोला निकालेको छ। शनिबार महानगरले टुकुचा खोला पत्ता लगाउन बैंक परिसरमा डोजर लगेर खोतलेको थियो।
खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले १०–१२ फिट खन्ने वित्तिकै टुकुचा खोला फेला परेको महानगरले जनाएको छ। बिहीबार जय नेपाल हलको कम्पाउन्डमा टुकुचा खोला फेला परेको थियो।
महानगरले केही समय पहिले खोलाको बहाब क्षेत्र पत्ता लगाउन सूचना पनि जारी गरेको थियो। महानगरले पछिल्लो समय टुकुचा खोलाको बहाब क्षेत्र पत्ता लागाउन अभियानै चलाएको छ।
लक्ष्मी बैंकले टुकुचा खोला छोपेर नक्सा पास नै नगरी केन्द्रीय कार्यालय भवन निर्माण गरेको आरोप छ। खोला छोपेर भवन बनाउने क्रममा नै उक्त अवैध संरचना भत्काउन काठमाण्डौं महानगरपालिकाले पत्राचार गरेपनि बैंकले त्यसको वेवास्ता गरेको थियो। महानगरका जानकार कर्मचारीहरुका अनुसार ०६४ सालमा नै महानगरपालिकाले पत्र काटेर बैंकको संरचना भत्काउन भनेको थियो।
नेपालकै ठुला ब्यापारिक घराना मध्ये खेतान समूहका राजेन्द्र खेतान मूख्य प्रवर्धक रहेको यो वैंकले भवन आफ्नो प्रयोगमा मात्रै राखेको छैन। यो भवनमा हिमालय बैंक, एभ्रेष्ट इन्स्योरेन्स, प्राईम लाईफ इन्स्योरेन्स, बोटलर्स नेपाल तथा खेतान समुहका अन्य ६ ब्यबसायका कार्यालय पनि संचालनमा रहेको वताईन्छ।
टुबोर्ग बियर, गोर्खा बियर, सानमिगल बियर र कार्ल्सवर्ग बियर बनाउने गोर्खा ब्रुअरी र मायोज चाउचाउ बनाउने हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रालिसम्म यही भवनमा संचालनमा छन्। यस विषयमा बैंकका चिफ इन्फरमेसन अफिसर पियुसराज अर्यालसँग पटक पटक सम्पर्क गर्दा पनि उनले जवाफ दिन चाहेका छैनन्।
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वकिय सचिव भुपदेव साहले अहिले प्राविधिक टोलीले खोलाको यथार्थ अवस्था पत्ता लगाई रहेकाले अवैध रुपमा खडा भएका सवै संरचना हटाईने बताए।
यो पनि
- टुकुचामाथि नक्सा पास नै नगरी कसरी बनायो लक्ष्मी बैंकले आलिसान भवन ?
- टुकुचा खोज्ने विद्यासुन्दरको सपना यसरी पुरा गर्दैछन बालेन्द्र
- देखियो बालेन्द्रको हिम्मतः डोजर लिएर टुकुचा खोज्दै महानगर
- बालेन्द्रको निसानामा अब लक्ष्मी बैंक, टुकुचा खोला छोप्नेको हाहाकार !
- टुकुचाको छातिमा बसेको लक्ष्मी बैंकले खोला धितो राखेर ऋण दिन्छ ?
- धर्म संकटमा बालेन्द्रः हराएको टुकुचा खोला खोज्ने की लक्ष्मी बैंकसँग मिल्ने ?
- मध्यसहरमा नक्साबाटै टुकुचा खोला गायब, नारायणहिटीभित्र खोला छ बाहिर हरायो