News

रेशम चौधरीलाई रिहा गर्न खोज्दा महतो किन भए असन्तुष्ट ?

रेशम चौधरीलाई रिहा गर्न खोज्दा महतो किन भए असन्तुष्ट ?

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीलाई रिहा गर्ने तयारी गरिएको प्रति असन्तुष्टि जनाएका छन्। महतोले चौधरीलाई रिहा गर्न खोजिएकोमा भन्दा पनि चुनाव जित्ने रणनीतिका रुपमा प्रयोग गरिएकोमा उनको असन्तुष्टि छ। 

शनिबार प्रतिनिधि सभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनमा रहेका दलका उम्मेदवारलाई कैलाली–कञ्चनपुरमा जिताउन समस्या देखिएपछि सरकारले चौधरीसँगै टीकापुर घटनाका दोषीलाई रिहाइ गर्ने तयारी गरेको आरोप लगाए।

कैलाली–कञ्चनपुरमा सत्ता गठबन्धनका उम्मेदवार जिताउन समस्या देखिएपछि शौदाबाजी गरेर चौधरीलाई रिहा गर्ने तयारी गरिएको उनको आरोप छ। गठबन्धनका उम्मेदवार हार्ने अवस्था आएपछि टीकापुर घटनालाई राजनीतिक मुद्दा भन्दै चौधरीलाई रिहा गर्ने तयारी गरिएको महतोले बताए।

आफूहरुले चौधरी रिहाइको माग गर्दा राजनीतिक मुद्दा नहुने टीकापुर घटना अहिले कसरी राजनीतिक मुद्दा ? भन्दै उनले प्रश्न गरे। विगत ५ वर्षदेखि चौधरीको रिहाइका लागि आफूले संसदमा गरेको पहल स्मरण गराउँदै महतोले त्यती बेला रिहा नभएका चौधरी चुनाबकै मुखमा रिहा हुने अवस्था कसरी आयो भन्दै प्रश्न उठाए।

‘निर्वाचित सांसदलाई संसदमा ल्याउ भनेको भन्यै, ५ वर्षदेखि कराएको करायै। भएन त, ल्याइएन,’ महतोले भने, ‘हिजो सरकार निर्णय गर्छ त्यो टीकापुर घटनाका रेशम चौधरीलगायतकालाई रिहाई गर्ने रे। संसद चलेको बेला रिहाई नगर्ने? अनि अहिले चैँ त्यो राजनीतिक मुद्दा भयो? त्यतिबेला के मुद्दा थियो त?’

गठबन्धनलाई आफ्नो उम्मेदवार जिताउन अप्ठ्यारो परेपछि अपराधिक भन्दै आएको मुद्दा राजनितिक मुद्दामा परिणत गरिएको उनको भनाई छ। ‘तिम्रो गठबन्धनको उम्मेदवार त्यो टीकापुरमा, कञ्चनपुर, कैलाली, थरुहटमा जिताउन अप्ठ्यारो पर्यो अनि सौदाबाजी गर्यो र्यो’ उनले ले भने– ‘उनलाई केही न्याय दिइएको होइन, सौदाबाजी गरेको हो।’

विशेष