News

शिक्षक भट्टराईद्धारा विपन्न विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री सहयोग गर्ने घोषणा

शिक्षक भट्टराईद्धारा विपन्न विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री सहयोग गर्ने घोषणा

युनियन एजुकेशनका निर्देशक तथा रन्त माबी तनहुँका प्रधानाध्यापक  रमेशबाबु भट्टराईले आर्थिक रुपमा विपन्न विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री सहयोग गर्ने घोषणा गरेका छन् । 

असोज ९ गते रत्न माविमा अध्ययनरत १३८ जना बालकक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री सहयोग गर्ने घोषणा गरेका हुन् । 

आर्थिंक रुपमा विपन्न, असहाय १३८ जना विद्यार्थीलाई सहयोग गर्ने  योजना रहेको भट्टराले जानकारी दिए । 

यसअघि ५६औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा भट्टराईले तनहुँको व्यास–७ शेराटारस्थित  समता विद्यालयका बालबालिकालाई विद्यालय पोशाक र खाद्यान्न सहयोग गरेका थिए । 

भट्टराईले अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता र अन्य कारणले अभिभावकको मृत्यु भएका परिवारका  ४५ जना बालबालिकालाई ५६ हजार बराबरको विद्यालय पोशाक र खाद्यान्न सामग्री सहयोग गरेका थिए । 


पछिल्लो समय समाज सेवामा भट्टराई  सक्रिय छन्   । विपन्न बालबालिकालाई पठनपाठनमा सहयोग पुगोस भन्ने उद्येश्यले सहयोग गरेको भट्टराईको भनाई छ ।

विशेष