News

अछाममा पहिरोले पुरिएर १२ जनाको मृत्यु, ८ जना बेपत्ता

अछाममा पहिरोले पुरिएर १२ जनाको मृत्यु, ८ जना बेपत्ता

अछाममा पहिरोले पुरिएर १२ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्।

कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर उनिहरुको मृत्यु भएको हो। 

अविरल वर्षासँगै आएको पहिरोमा परि कमलबजार नगरपालिका–६ मा ५ जनाको शव फेला परेको परेको छ भने ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २–२ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।

रिजालका अनुसार यस्तै अन्य ३ जनाको शव जिल्लाका विभिन्न स्थानमा आएको पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो। 

अछामको तुर्माखादका पहिरो प्रभावितलाई उद्धार गर्न समस्या भएको छ। हिड्ने बाटो समेत नहुँदा पहिरो गएको ठाउँका स्थानीयको उद्धारमा समस्या भएको उनले बताए।

शुक्रबार राति दुई बजे तुर्माखाद गाउँपालिका–५ नाडा गाउँमा अचानक गाउँको दुई सय मिटरमाथिबाट पानीको मुहान फुट्दा डाँडा भत्किएर पहिरो गएको थियो। पहिरोले स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीको घर पुरिएको छ। नेत्रका चार जना र रिटका ५ जना परिवार घरसँगै पहिरोमा पुरिएका छन्। 

बिहान छिमेकीले नेत्र र रिटको घर पहिरोले सखाप पारेको देखेका थिए। पहिरोमा पुरिएका मध्ये अहिले १६ वर्षीय विमला शाही र जानकी शाहीको शव फेला परेको छ। तुर्माखाँद सदरमुकामबाट १५ कोस टाढा छ। यहाँ हिँडेर जाँदा ९ घण्टा बढी समय लाग्छ। यहाँ स्थानीय सरकारले केही ठाउँमा सडक बिस्तार गरे पनि अहिले गाडी हिड्ने अवस्था छैन। 

विशेष