News

चोलेन्द्रको खुलासा– रेणुका साहको नियुक्तिमा कामु प्रधानन्यायाधिशको पनि सहमति थियो

चोलेन्द्रको खुलासा– रेणुका साहको नियुक्तिमा कामु प्रधानन्यायाधिशको पनि सहमति थियो

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अर्को खुलासा गरेका छन्। उच्च अदालतकी न्यायाधीश रेणुका शाह योग्यताको प्रश्न उठाएर बर्खास्त हुनु अचम्मको विषय भएको भन्दै उनले साहको नियुक्तिमा हालका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको पनि सहमति रहेको खुलासा गरे।

महाअभियोग सिफारिस समितिमा शनिबार सदस्यहरुले सोधेको पूरक प्रश्नको जवाफ दिँदै उनले न्याय परिषदले सिफारिस गरिसकेपछि फेरि अहिले योग्यताको प्रश्न उठाएर बर्खास्त गर्नु अचम्मको विषय भएको बताए।

‘हिजो न्यायपरिषदले गरेका नियुक्तिमध्येमा एक जना महिला न्यायाधीशलाई बर्खास्त गरेको छ, योग्यताको प्रश्न उठाएर’ उनले भने, ‘हिजो योग्यताको आधारमा नियुक्ति गरिसकेपछि फेरि अयोग्य भन्नु त अचम्मको विषय हो ।’

हिजो योग्य भनेर सहमती जनाएर आज अयोग्य भन्नु आश्चर्य भएको उनले बताए। शाहलाई विगतमा न्यायपरिषदबाट नियुक्ति गर्दा हालका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको पनि सहमति भएको उनले बताए । आफू परिषदको अध्यक्ष हुँदा न्यायाधीश शाह योग्य भएकै कारण नियुक्ति गरेको उनको दावी छ।

न्याय परिषदको २४ असारमा बसेको बैठकले पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी रेणु साहलाई योग्यता नपुगेको भन्दै न्यायाधिशबाट बरखास्त गरेको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश साहलाई निरन्तर वकालत गरेको समयावधी १० वर्ष नपुगेको भन्दै बर्खास्त गर्ने निर्णय गरिएको थियो।

साह ०७५ सालमा उच्च अदालतमा नियुक्त भएकी थिईन। साहको योग्यतमाथि प्रश्न उठेपछि परिषद्ले छानबिन गरेर अयोग्यता ठहर गरेको हो । उच्च अदालतमा नियुक्त हुन १० वर्ष निरन्तर कानुन व्यवसायमा रहेको हुनुपर्ने प्रावधान भए पनि सीटीईभीटीमा कार्यरत साहलाई न्यायाधीश बनाइएको जनाईएको थियो ।

रेणुका साह

विशेष