News

बालेन्द्रको काममा अदालतको अल्झन, लक्ष्मी बैंकसहितका संरचना नभत्काउन आदेश

बालेन्द्रको काममा अदालतको अल्झन, लक्ष्मी बैंकसहितका संरचना नभत्काउन आदेश

उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन आदेश दिएको छ । उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको हो । 

उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले उक्त आदेश जारी गरेको उच्च अदालत पाटनका रजिष्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिए । जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपु¥याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी भएको हो।

अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर अर्को आदेश नहुने बेलासम्मका लागि दिइने आदेश हो। अदालतले रिट दायरकर्ता र विपक्षी महानगरपालिकालाई छलफलका लागि असोज ५ मा झिकाएको छ । टुकुचा मिचेर निर्माण गरेका कमलपोखरीस्थित लक्ष्मी बैंक, जय नेपाल सिनेमा हल लगायतमा डोजर चलेको थियो । ती संरचनाभित्र टुकुचा खोला भेटिएको छ ।

टुकुचा भेटिएसँगै काठमाडौं महानगरपालिकाले खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले रिट दायर गरेका थिए।

सिद्धार्थ बैंकको पार्किङमा पनि भेटियो टुकुचा
टुकुचा खोला खोजी गरिरहेको काठमाडौं महानगुपालिकाले आईतवार पनि कामलाई निरन्तरता दिएको छ। आईतबार हात्तिसारस्थित सिद्धार्थ बैंकको पार्किङमा पनि टुकुचा फेला परेको छ।

डोजरसहितको टोलीले हात्तिसारस्थित बैंकको पार्किङमा उत्खनन् गरेको थियो। यसअघि बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोज्न सुरू गरेको थियो। शनिबार कमलादीस्थित लक्ष्मी बैंकको कम्पाउण्डमा पनि महानगरले उत्खनन गरेको थियो।

 

यो पनि 

टुकुचा खोला लक्ष्मी बैँक

विशेष