नबिल बैंकले ल्यायो ‘दशैं तिहार घर कर्जा धमाका’
![नबिल बैंकले ल्यायो ‘दशैं तिहार घर कर्जा धमाका’](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/09/nabil.jpg)
नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ योजना अन्तर्गत आवास कर्जा योजना ल्याएको छ। चाडपर्वलाई लक्षित गरी ल्याएको यो योजना सीमित अवधिका लागि मात्र भएको बैंकले जनाएको छ।
योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ भने आवास कर्जा घर खरिद, घर निर्माण, तला थप, रङ रोगनका लागि उपलब्ध गरिएको बैंकले बताएको छ।
पहिलो घर खरिदकर्ताका लागि घरको मूल्यांकनको ७० प्रतिशतसम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशतसम्म कर्जाको व्यवस्था गरिएको बैंकले जनाएको छ।
३५ वर्ष सम्मकोे कर्जा अवधि सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि नबिल बैंकले प्रदान गरेको बताइएको छ।