News

एनआइसी बैंकको दसैंतिहार योजनाः किनमेलमा २० प्रतिशतसम्म क्यासब्याक र छुट

एनआइसी बैंकको दसैंतिहार योजनाः किनमेलमा २० प्रतिशतसम्म क्यासब्याक र छुट

एनआइसी एसिया बैंकले दसैं, तिहार र छठको अवसरमा ‘दसैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौं मर्चेन्टहरूमा विभिन्न सामग्री खरिदमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त हुने जनाईएको छ।

बैंकका अनुसार असोज १ देखि कात्तिक १५ गतेसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिदमा एनआइसीको डेबिट वा क्रेडिट कार्डमार्फत पिओएस भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा पाँच सय रूपैयाँसम्म छुट हुनेछ भने सेल्सबेरी, बिगमार्ट एवं साथीमार्टमा पिओएस तथा मोबाइल बैंकिङमार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा तीन सय रूपैयाँसम्म छुट तथा क्यासब्याक उपलब्ध हुनेछ।

बैंकमा खाता नभएकाहरूले नेपालभरका भाटभटेनी सुपरमार्केट तथा सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरमा रहने एनआइसीका स्टलमार्फत खाता खोली तत्काल डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा सुरू गरी छुट तथा क्यासब्याकको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ।

विभिन्न अनलाईनमार्फत किनमेल गरी इ–कमर्स भुक्तानी गर्दा तथा अन्य विभिन्न शपिङ स्टोरहरूमा किनमेल गरी कार्ड तथा क्युआर भुक्तानी गर्दा पनि छुट तथा क्यासब्याकको व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न निम्नलिखित मर्चेन्टहरूमा छुट तथा क्यासब्याकको व्यवस्था गरेको छः

विशेष