News

बझाङ वाइसिएल इन्चार्जमा बिसि र संयोजकमा धामी चयन

बझाङ वाइसिएल इन्चार्जमा बिसि र संयोजकमा धामी चयन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) बझाङ जिल्ला इन्चार्ज र संयोजक चयन भएका छन् । वाइसिएलको दोस्रो राष्ट्रिय भेलाबाट जिल्ला  इन्चार्जमा रबिन बिसि र संयोजकमा प्रेम धामी चयन भएका हुन् । 

वाइसिएल बझाङ इन्चार्जमा चयन भएका बिसि छविसपाथिभेरा गाउँपालिका ०६ का स्थायी बासिन्दा हुन् । माओवादीले सुरु गरेको जनजयुद्धमा बिसि  सहभागि भएका थिए । उनी जनमुक्ति सेनाको प्लाटुन कमान्डर हुन । 

इन्चार्ज बिसिले वाइसिएलले आफ्नो नेतृत्वमा  राष्ट्रियता, जनजिबिका को सवालमा काम गर्ने बताए । गरिव, असहाय वर्गको सेवकको रुपमा वाइसिएल स्थापित हुने उनको भनाइ छ । 

संयोजक मा चयन भएका धामी दुर्गाथली गाउँपालिका ०१ का स्थायी बासिन्दा हुन् । उनी ०६१ देखि ६३ सम्म चौधरी माविको अखिल क्रान्तिकारी अध्यक्ष भएर काम गरेका थिए । वाइसिएलको पालिका संयोजक, इन्चार्ज हुँदै जिल्ला र प्रदेश कमिटि सदस्य भएका धामी अघिल्लो केन्द्रिय भेलाबाट जिल्ला सचीव भएका थिए । 

संयोजकमा चयन भएका धामीले वाइसिएलले तय गरेकिो युवा लक्षित स्वरोजगार अभियानलाई कार्यान्वयन गर्ने योजना रहेको बताए । ‘वाइसिएलले  ‘श्रम र उत्पादनमा र्वाइसीएल’ भन्ने नाराकासाथ युवा लक्षित अभियान संचालन गर्ने योजना बनाएको छ । बझाङमा हामी त्यसको कार्यान्वयनका लागि सक्रिय रहने छौँ,’ धामीले भने ‘युवाहरुलाई आत्मनिर्भर हुने व्यवसाय थालनी गर्न प्रत्येक पालिकामा कम्तीमा सय जनालाई समेटेर समेटेर संगठन निर्माण गर्ने छौँ ।’


 

विशेष