News

सर्वोच्च फर्कन लागेका हुन चोलेन्द्र, किन तिलमिलायो न्यायक्षेत्र ?

सर्वोच्च फर्कन लागेका हुन चोलेन्द्र, किन तिलमिलायो न्यायक्षेत्र ?

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफु सर्वोच्च अदालत फर्किने बताएपछि न्यायाधिश र वकिलहरुको हाहाकार भएको छ। जबराले शनिबार कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएपछि सिङ्गो न्यायक्षेत्र तिलमिलाएको छ।

नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्नै नदिने निर्णय गरेको छ । आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले उनलाई रोक्न यसअघि झैं सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने बताए। जवरा फर्किन लागेको सूचना पाएपटि नेपाल बारले आज आकस्मिक बैठक डाकेको थियो । आकस्मिक बैठकले जबरा सर्वोच्च अदालत आउने प्रयास गरेमा गेटमै शान्तिपूर्ण प्रदर्शन गर्ने र उनलाई भित्र छिर्न नदिने घोषणा गरेको हो ।

अहिले सर्वोच्च अदालतको मुख्य गेट अगाडि अघिल्लो दिनको तुलनामा प्रहरीको तैनाथी बढाइएको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की लगायतका न्यायाधीशहरु भने सर्वोच्च अदालत भित्र छिरिसकेका छन् ।

यता, जवरा भने प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निस्तेज भएको तर्क गर्दै सर्वोच्च फर्किन लागेका हुन। 

विशेष