News विदेश

अन्तर्राष्ट्रियस्तरमा फेरी मोदीको चर्चा, के युक्रेनबाट पछि हट्ला रुस ?

अन्तर्राष्ट्रियस्तरमा फेरी मोदीको चर्चा, के युक्रेनबाट पछि हट्ला रुस ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामान्यतया चर्चामा रहीरहने नेता हुन। उनको चर्चा देशमा मात्र सिमित छैन, उनी अन्तर्राष्ट्रियस्तरमै चर्चित नेता हुन। तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथिको आक्रमण रोक्न सन्देश पठाएपछि एकपटक पुनः उनको चर्चा चुलिएको छ।

उज्बेकिस्तानको समरकन्दमा भएको सांघाई सहयोग संगठन (एससीओ) को बैठकका क्रममा शुक्रबार मोदीले पुटिनसँग साइडलाइन वार्ता गरेका थिए। सो क्रममा उनले ‘अहिलेको समय युद्धको होइन, अहिलेको वैश्विक चिन्ता खाद्य सुरक्षा, इन्धन सुरक्षा र मलको विषय हो,’ भन्दै पुटिनलाई सुझाव दिएका थिए।

सांघाई शिखर सम्मेलनका क्रममा भएको मोदी र पुटिन भेटवार्ता तथा त्यसक्रममा मोदीले दिएको सुझावको सर्वत्र चर्चा भएको छ। मोदी अन्तर्राष्ट्रिय मिडियामा छाएका छन । युक्रेनमाथि आक्रमण गरेपछि रुसी राष्ट्रपति पुटिनसँग मोदीको यो पहिलो भेट हो।

त्यस क्रममा उनले पुटिनलाई युद्ध रोक्न दिएको सन्देशलाई महत्वपूर्ण मानिएको छ । मोदीको आग्रहपछि पुटिनले आफू युक्रेनसँगको युद्ध छिटो रोक्न हरेक कदम चाल्न तयार रहेको तर युक्रेन वार्ताका लागि तयार नभएकाले समस्या आएको पुटिनले बताएमन थिए।

उनले भारतीय प्रधानमन्त्री मोदीलाई युक्रेनसँग हुने हरेक ‘डेभलपमेन्ट’ बारे जानकारी गराउने आश्वासनसमेत दिएका छन । शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि उपस्थित थिए । सी र पुटिनबीच पनि भेटवार्ता भएको थियो ।

त्यहाँ पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफदेखि मध्ये एसियाली देश कजाकस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी थिए । तर, चर्चा भने मोदीको भयो । 

गत फेब्रुअरीमा रुसले युक्रेनमाथि गरेको आक्रमणको ७ महिना पुरा हुन लागेको छ। युद्ध जारी छ । अमेरिकासहित पश्चिमा शक्तिशाली देशहरूले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गर्दै रुसमाथि धरै खाले प्रतिबन्धहरू लगाएका छन । पश्चिमा देशहरूको दबाबसामु पनि भारतले रुससँगको आफ्नो सम्बन्ध यथावत् राखेको छ ।

विशेष