News

दसैको बेला जंगलमा चराउन लगेको खसी चोर्ने ३ जना पक्राउ

दसैको बेला जंगलमा चराउन लगेको खसी चोर्ने ३ जना पक्राउ

जंगलमा चराउन लगेको खसी चोरी गरेर विक्रि गर्ने तयारीमा रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुलीमाडी बजारमा खसी बिक्री गर्न लागेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कमलामाई नगरपालिका ५ सिलामेका शंकर श्रेष्ठको खसी चोरेर बजारमा बिक्री गर्न लाग्दा खसीसहित तीनजना चोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कमलामाई नगरपालिका ८ का २१ वर्षीय सुरेन्द्र घलान, २७ वर्षीय रामबहादुर वाइबा र अर्का एक जना छन् ।

दसैं नजिकिएका बेला जंगलमा चराउन लगेको खसी हराएपछि श्रेष्ठले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीकै आधारमा चार दिनअघि हराएको खसी र चोरहरुलाई पक्राउ गरीएको सिन्धुली प्रहरीका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

विशेष