News

प्रधानमन्त्री बन्ने दौडमा रहेकी आरजु किन वसिन समानुपातिकमा ?

प्रधानमन्त्री बन्ने दौडमा रहेकी आरजु किन वसिन समानुपातिकमा ?

चुनावपछि प्रधानमन्त्रीको लाईनमा रहेको भन्दै चर्चा बटुलेकी नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा समानुपातिकमा वस्ने भएकी छिन्। नेपाली कांग्रेसले उनलाई समानुपातिकबाट उम्मेदवार बनाउने भएको छ ।

समानुपातिकको सूचीलाई अन्तिम रुप दिन कांग्रेस पदाधिकारीहरु छलफलमा जुटेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री पत्नी समेत रहेकी आरजुको नाम समानुपातिकमा राखिएको छ ।

०७४ को आम निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा चुनाव लडेकी थिइन् आरजु नेकपा एमालेका नारदमुनी रानासँग पराजित भएकी थिईन। मंसिर ४ गतेको निर्वाचनमा पनि उनले प्रत्यक्ष चुनाव लड्ने तयारी गरेकी थिईन। उनको नाम एकल रुपमा पठाएको थियो । तर अन्तिम समयमा उनले समानुपातिकमा बस्ने निर्णय गरेको स्रोतले जनाएको छ।

आरजु प्रधानमन्त्रीको तयारीकै लागि असार २६ देखि साउन १५ गतेसम्म दिल्लीमा थिईन। उनी उपचारका लागि गएको भनिए पनि उनको दिल्ली भ्रमण चुनावपछि देशको बागडोर कसरी आफनो हातमा लिने भन्नेमा कन्द्रित रहेको चर्चा कांग्रेस भित्रै चलेको थियो। 

२२ दिन दिल्ली वसेकी आरुजुले उतै मुकाम खडा गरेर भारतीय प्रभावशाली नेताहरुसँग भेटवार्ता, उनीहरुकै सुझाव अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट तथा आफनै खर्चमा सुदुरपश्चिम भेला समेत गरेको खुलेको थियो।

उनले आफु पक्षका कांग्रेसी नेताहरुलाई दिल्लीमै बोलाएर प्रधानमन्त्रीका लागि आफ्नो पक्षमा माहौल वनाउन छलफल गरेको बताईएको थियो। करिव एक हप्ता अघि आरुजुको खर्चमा दिल्ली पुगेका नेताहरु मध्ये एनपी साउद, गोविन्दवहादुर शाह, बहादुरसिंह लामा, जितजंग बस्नेत, राजीव ढुंगानालगायत रहेको श्रोतका दावी छ।

यता, कांग्रेसले आरजुसहित पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्धय फर्मुल्लाह मन्सुर र जीवन परियारलाई पनि समानुपातिकमा राखेको जनाईएको छ।

यो पनि,

आरजु

विशेष