News

प्रचण्डसँगको भेटपछि किन राष्ट्रपतिलाई भेट्न पुगे प्रधानमन्त्री ?

प्रचण्डसँगको भेटपछि किन राष्ट्रपतिलाई भेट्न पुगे प्रधानमन्त्री ?

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवाले शीतल निवास पुगेका छन् । बालुवाटार स्रोतका अनुसार नागरिक विधेयकको विषयमा छलफल गर्न देउवा शितलनिवास पुगेका हुन।

राष्ट्रपति भण्डारीलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो। संसद्ले नागरिकता विधेयक दोस्रो पटक पनि पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको छ। १४ दिन वितिसक्दा पनि विधेयक प्रमाणिकरण भएको छैन।

पहिलो पटक दुवै सदनको बहुमतले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले सुझावसहित संसदमा फिर्ता पठाएकी थिइन् । तर सत्तारुढ गठबन्धनले पहिल्यै विधेयक जस्ताको त्यस्तै पारित गरेर दोस्रो पटक प्रमाणिकरणका लागि पठाईएको छ।

सुझावसहित फिर्ता पठाएको विधेयक जस्ताको त्यस्तै पारित गरेर पठाएपछि राष्ट्रपति भण्डारी असन्तुष्ट छिन् । कतिपयले राष्ट्रपति भण्डारीलाई विधेयक प्रमाणीकरण नगर्न अनुरोध गर्दै आएका छन् ।

विशेष