News

एमालेको समानुपातिक बन्दसूचीबाट बादलको नाम आउट, पत्निले पाईन अवसर

एमालेको समानुपातिक बन्दसूचीबाट बादलको नाम आउट, पत्निले पाईन अवसर

नेकपा एमालेका उपाध्यक्षहरु रामबहादुर थापा ‘बादल’ प्रत्यक्षतर्फ चुनाव लड्न अनिच्छुक थिए। तर, सोमवार समानुपातिक निर्वाचनतर्फको उम्मेदवारको बन्दसूची बुझाउँदा उनको नाम समेटिएन।

एमालेले उम्मेदवारको आधार र मापदण्ड बनाउँदा नै पहिला समानुपातिकमा बसेका, राष्ट्रिय सभामा रहेकाहरुलाई नदोहोर्याउने नीति बनाएकाले बादलको नाम समानुपातिक सूचीमा पर्न सकेन। गत राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार भएकाले उनको नाम समानुपातिक सूचीमा नपरेको हो।

अव एमालेले बादललाई कसरी ब्यवस्थापन गर्छ भन्ने प्रश्न खडा भएको छ। थापा माओवादी केन्द्रका नेता हुन् । उनी २०७४ पछि एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजन हुँदा एमालेतर्फ बसेका थिए । उनी तत्कालिन माओवादीबाट संविधान सभाको पहिलो निर्वाचनमा चितवन ३ को नेतृत्व गर्दै निर्वाचित भएका थिए ।

०७४ को निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल त्यो निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । अव दाहालकै विरुद्ध निर्वाचन लड्ने वा अर्कै निर्वाचन क्षेत्र खोज्ने भन्ने द्विविधा उत्पन्न भएको छ। स्रोतका अनुसार प्रत्यक्षमा उनले दाहालसँगसँग लड्न अनिच्छा प्रकट गरेका छन्।

यता उनकी पत्नी नैनकला थापालाई प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाईएको छ । सोमबार साँझ निर्वाचन आयोगमा ११० जनाको सूची बुझाँदा बादल पत्नी नैनकलाको नाम समावेश गरिएको छ ।

बादल मन्त्रीबाट हट्नु परेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा नैनकलालाई सञ्चारमन्त्री बनाएका थिए। सर्वोच्च अदालतको आदेशका कारण उनले दुई सातामै पदबाट हट्नु परेको थियो ।

विशेष