जाली भारतीय नोटको कारोबारमा संलग्नको हत्या, हतियारधारी समूहले लखेटि लखेटि गोली हान्यो

गोडैता नगरपालिका-८, सर्लाहीका स्थायी बासिन्दा ५५ वर्षीय लाल मोहम्मदको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा सोमबार साँझ गोली लागी घाइते घाईते भएका थिए र उनलाई शंकरापुर अस्पतालमा लगिएको थियो। उनी गार्मेन्ट सञ्चालक रहेको पनि प्रहरीले जनाएको छ ।
मोटरसाइकल चढेर आएका आक्रमणकारीले मोहम्मदमाथि तीन राउन्ड गोली हानेका थिए। टाउकोको दायाँतर्फ २, दायाँ छातीमा १ र कम्मरमा एउटा गोली लागेको थियो। मोहम्मदलाई ती आक्रमणकारीले लखेटि लखेटि गोली हानेका थिए।
जानकार स्रोतहरुका अनुसार मोहम्मद विगतमा नेपालबाट हुने जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्ति हुन् । उनी हत्या अभियोगमा झण्डै १० वर्ष केन्द्रीय कारागार बसेर छुटेका थिए। गोली चलेको स्थलबाटै प्रहरीले पेस्तोल बरामद गरेको छ ।