News

सुमो चोरी गरेर भाग्दै गर्दा दुर्घटनामा परेपछि...

सुमो चोरी गरेर भाग्दै गर्दा दुर्घटनामा परेपछि...

बिराटनगरमा मालिकले घरमा थन्क्याएको सुमो चोरी गरेर भाग्दै गर्दा सुमोसहित चोर दुर्घटनामा परेका छन्। उनलाई प्रहरीले पक्राउ गरेको छ। 

विराटनगर–३ भट्टा चोकका चन्द्र अधिकारीको को १ च ९४६७ नम्बरको टाटा सुमो भ्यान चोरले लिएर भाग्दै गरेको अवस्थामा विराटनगर–२ तीनपैनी चोक नजिकै दुर्घटटनामा परेको हो।

उक्त सुमो मेरिल्याण्ड कलेजको बससँग ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार दुर्घटना हुँदा दुवै सवारीमा सामान्य क्षति भएको छ । सुमो लिएर भाग्ने अशोक चौधरी पक्राउ रहेका छन् । पक्राउ पर्दा उनी हाफपाइन्ट मात्रै लगाएको अर्धनग्न अवस्था र नसामा रहेको प्रहरीले बताएको छ ।

गाडीमै चाबी देखेपछि आफुले लिएर हिडेको उनले बताएका छन्। प्रहरीका अनुसार चौधरी पटके चोर हुन् । यसअघि पनि प्रहरीले चोरीको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरेको थियो।
 

विशेष