News

कुहिएर चिन्नै नसक्ने अवस्थामा भेटियो तीन जनाको शव

कुहिएर चिन्नै नसक्ने अवस्थामा भेटियो तीन जनाको शव

कञ्चनपुरमा कुहिएर चिन्नै नसक्ने अवस्थामा तीन जनाको शव फेला परेको छ। लालझाडी गाउँपालिका–१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका–१० को दोदा नदी नजिकै एक जनाको शव फेला परेको हो।

तीनै जनाको शव आइतबार साँझ कुहिएर चिन्नै नसक्ने अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्सपेक्टर नरेशराज मल्लले बताए। उनले भने–‘चुरा र लुगाको आधारमा एयता शव महिलाको भएका अनुमान छ। दुई वटा शव कंकाल भइसकेको अवस्थामा भेटिएका छन।’ 

शवको पहिचान गर्न समस्या भएकाले डीएनए टेस्ट गरेर पहिचान गर्ने तयारी थालिएको प्रहरीले जनाएको छ। डीएनए संकलनका लागि चिकित्सकको टोली खटिएका मल्लले बताए ।

विशेष