News

माइतीघर मण्डलामा जव ‘कालो संविधान’ भन्दै प्रदर्शन सुरु भयो...

माइतीघर मण्डलामा जव ‘कालो संविधान’ भन्दै प्रदर्शन सुरु भयो...

संविधान सभाबाट संविधान जारी भएको सातौं वर्ष पुरा भएको छ। ०७२ असोज ३ मा संविधान जारी भएको थियो। संविधान दिवसका अवसरमा आज सार्वजनिक बिदा पनि छ।

टुँडिखेलमा आज बिहान संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम भएका थिए।  राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उक्त कार्यक्रममा सहभागी थिए। तर माइतीघर मण्डलामा भने संविधानविरुद्ध प्रदर्शन भएको छ।

प्रदर्शनमा हस्तक्षेप गरी प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरु छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ । उनीहरुले संविधान अपुरो भएको भन्दै विरोध गरेका थिए। 

संयुक्त जनआन्दोलन मोर्चाको आव्हानमा आयोजित विरोध प्रदर्शनमा प्रदर्शनकारीले संविधानलाई ‘कालो संविधान’ को संज्ञा दिदै आसन्न मंसिर ४ को चुनाव बहिष्कार गर्न आह्वान गरे। 

विशेष