News

डा. केसीद्वारा काठमाण्डौं जान अस्विकार, जवर्जस्ती गरे अपहरण मान्ने चेतावनी

डा. केसीद्वारा काठमाण्डौं जान अस्विकार, जवर्जस्ती गरे अपहरण मान्ने चेतावनी

९ दिनदेखि कैलालीको धनगढीमा अनशनरत डा. गोविन्द केसीले उपचारका लागि काठमाण्डौं आउन अस्विकार गरेका छन्। उनलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी पुगेपनि उनले काठमाण्डौं नजाने अडान लिएका छन्।

कैलालीका सिडिओ किरण थापासहितको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेका थियो। तर उनले उपचारका लागि काठमाडौं जान मानेका छैनन् । आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले आग्रह गरेका छन् । जवर्जस्ती गरे त्यसलाई आफुले अपहरण मान्ने केसीले चेतावनी दिएका छन्।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको थियो।

अनशन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो । औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको छ ।

‘सेती अस्पतालले स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले रेफर गर्नु भनेको थियो। उहाँ (केसी)लाई काठमाडौँ लैजाने तयारी भइरहेको छ,’ सिडिओ थापाले भने– ‘त्यसका लागि काठमाडौँबाट सेनाको हेलिकप्टर आएकोछ।’

डा. केसीले ७ बुँदे माग अघि सार्दै भदौ २७ गतेदेखि धनगढीमा अनशन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि केसी २९ गते बेलुका सेती प्रादेशिक अस्पताल भर्ना गरिएका थिए। केसीको मांसपेशी सुक्दै गएको र अल्सर भइ रक्तश्रावको शंका भएकाले थप जटिलता आउन सक्ने हुँदा उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ। 

विशेष