News अपराध सुरक्षा

तीन दिनदेखि होटलमा वसेर यसरी गरिएको थियो जाली नोट कारोवारीको हत्या

तीन दिनदेखि होटलमा वसेर यसरी गरिएको थियो जाली नोट कारोवारीको हत्या

सर्लाहीको गोडैता नगरपालिका–२ स्थायी घर भई पसरवारसहित काठमाडौंको गोठाटारमा वसेका कपडा व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको आसपासकै कोशीपारी गेष्ट हाउसमा वसेर घट्ना घटाएको पाईएको छ।

घटनास्थलबाट चार सय मिटर अगाडिको गेष्ट हाउसमा बसेको पाइएको घटनाको अनुसन्धानमा खटिएको प्रहरी श्रोतले जनाएको छ। गोली हान्ने समूहका ३ जना मध्ये एकजनाले होटलमा कोठा लिएका थिए । उनलाई भेट्न संलग्न अन्य दुईजना नियमित आउजाउ गर्ने गरेको स्रोतको दावी छ।

उक्त समूहले एक महिनादेखि पछ्याएर उनलाई गोली हानेको प्रहरीको प्रारम्भिक अनुशन्धानले देखाएको छ। मोहम्मदमाथि भदौ २४ मा पनि अज्ञात समूहले रडले आक्रमण गरेको खुलेको छ । उनले प्रतिवाद गरेपछि आक्रमणकारी समूह भागेको थियो । रड प्रहारबाट उनको ढाडमा चोट लागेको थियो । उनले शंखरापुर अस्पतालमा उपचार गराएका थिए।

त्यसको भोलिपल्ट लेनदेनका कारण केही व्यक्तिले धम्की दिएको र आफू असुरक्षित भएको भन्दै लाल मोहमदले प्रहरी बिट जम्मुडाँडामा निवेदन दिएका थिए । त्यस घटनाको डेढ सातापछि नै उनीमाथि हतियारधारी समूहले गोली प्रहार गर्यो।

सोमबार साँझ बा ६ च ५१५२ नम्बरको कारमार्फत साँझ करिव ७ बजेतिर गोठाटारमा रहेको आफ्नो गार्मेन्टको पसलमा आइपुगेका उनीमाथि त्यहीँ गोली प्रहार भएको थियो। सुटरले उनलाई लडाएर छाती, कन्चट, टाउकोमा गरी चार राउण्ड गोली प्रहार गरेको पाईएको छ। पल्सर मोटरसाइकल चढेर आएका २ जना गोली प्रहार गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

चार राउण्ड गोली प्रहारबाट गम्भीर घाइते मोहम्मदलाई उपचारका लागि तत्कालै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए। मोहम्मदले नेत्रवित्रक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सदस्यता लिएको समेत खुलेको छ। 

अनुसन्धानका क्रममा उनको विगत पनि विवादास्पद देखिएको प्रहरीले जनाएको छ। ०६४ असार २० गते अनामनगर धोबिखोलामा बाराका बलराम पटुवाको गोली हानी हत्या भएको घट्नामा मोहम्मद र पप्पु गुप्ता पक्राउ परेका थिए। उनीहरु सबै पाकिस्तान र बंगलादेशसँग नजिक रहेर भारतीय जाली नोटको अवैध कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको थियो। उनीहरु भारतीय सुरक्षा एजेन्सी रअको समेत निगरानीमा रहेको स्रोतको दावी छ।

मोहम्मदले नक्कली भारतीय नोटको कारोबार गर्ने गरेको, पाकिस्तानसँग निकट भएर काम गरेको र मुस्लिम नेता समेत भएकोले उनको हत्या भारतीय पक्षबाट भएको हुनसक्ने अनुमान छ भने अर्कोतर्m आफनै समुहको हत्या आरोपमा पक्राउ पर्नुले उनको हत्या हुनुमा उनकै समुहको हात हुन सक्ने पनि प्रहरीको अनुमान छ। मोहम्मद १० वर्ष जेल बसेर ०७४ सालमा छुटेका थिए। 

मोहम्मद गोठाटारमा गार्मेन्ट चलाएर बसेकाले उनको सबै सूचना यो समूहसँग हुने र प्रतिशोधको बदलामा हत्यासम्म भएको हुनसक्ने एउटा विश्लेषण प्रहरीको छ।

विशेष