News

बलात्कार आरोपीको ‘गोपनीयताको हक’ संरक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट

बलात्कार आरोपीको ‘गोपनीयताको हक’ संरक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट

बलात्कार वा यौनजन्य कसूरको आरोप लागेका ब्यक्तिको अपराध पुष्टि नहुँदै पहिचान खुलाउने तथा मिडिया ट्रायल गर्ने कार्य रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ। ‘अभियुक्तको गोपनीयता’ को हक संरक्षण गर्न माग गर्दै अधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल र कानुन संकायकी विद्यार्थी रेजिना पौडेलले भदौ २९ गते  रिट दर्ता गरेका हुन्। 

नायक पल शाह तथा पछिल्लो समय क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा चर्चाामा आइरहेका बेला अभियुक्तको गोपनीयताको हक माग गर्दै सर्वोच्चमा रिट परेको हो । रिटमा अभियुक्तको गोपनीयता कायम राख्न परमादेश, प्रतिषेध लगायत उपर्युक्त आदेशको माग गरिएको छ। 

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृहमन्त्रालयलाई विपक्षी बनाइएको रिटमा हाल नेपाली समाजमा  यौनजन्य अपराधमा आरोप लगाइदिने मनोवृत्ति तथा मनोदशा बढ्दै गइरहेकोले मुद्दाको मेरिटका आधारमा निर्णय हुन नसकेको उल्लेख गरिएको छ। बलात्कार र यौनजन्य कार्य जबरजस्ती÷सहमतिमा भएको हो भन्ने नाप जाँच गर्ने कुनै यन्त्र र सिद्धान्तको प्रतिपादन नभएको अवस्थामा जबरजस्ती करणीका सन्दर्भमा मूलततः मिडिया ट्रायल हुँदै सुरु अदालतका न्यायमूर्तिहरुले पनि मुद्दाको मेरिटका आधारमा निर्णय गर्न नसकेको रिटमा उल्लेख छ।

कुनै व्यक्ति आरोप लाग्दैमा दोषी नहुने भन्दै रिटमा अभियुक्तको परिचय खुलाउने, तस्विर सार्वजनिक गर्ने तथा मिडिया र सोसल मिडियाबाट हुने बदनामीको क्षतिपूर्ति नहुने भएकाले मुद्दा किनारा नलागेसम्म परिचय खोल्न नपाइने गरी अन्तरिम आदेश माग गरिएको छ ।

सो रिटमाथि संवैधानिक इजसलामा सुनुवाई हुने भएको छ । 

यस्तो छ सर्वोच्चमा दर्ता भएको रिट

विशेष