News विदेश

मेक्सिकोमा ७ दशमलव ६ रेक्टर स्केलको भुकम्प, दुई जनाको मृत्यु

मेक्सिकोमा ७ दशमलव ६ रेक्टर स्केलको भुकम्प, दुई जनाको मृत्यु

मेक्सिकोमा ७ दशमलव ६ रेक्टर स्केलको भुकम्प जाँदा दुई जनाको मृत्यु भएको छ। सोमबार मेक्सिकोको पश्चिमी क्षेत्र मिचुवाकानलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भुकम्प गएको हो।

जनघनत्व बढी रहेको पश्चिमी उक्त शहरमा स्थानीय समय अनुसार दिउँसो १ बजे भुकम्प गएको थियो।

भुकम्पका कारण प्यासिफिक पोर्टस्थित मन्जानिलोमा भवन भत्किँदा दुईको मृत्यु भएको हो। क्षतिको थप विवरण आउन बाँकी छ।
 

विशेष