News विदेश

नेपालको विकासमा भारतको सहयोग अपरिहार्य भएको विज्ञहरुको निष्कर्ष

नेपालको विकासमा भारतको सहयोग अपरिहार्य भएको विज्ञहरुको निष्कर्ष

 

नयाँदिल्ली । नेपाल र भारतबीचको सम्बन्ध सांस्कृति तथा ऐतिहासिकरुपमा पनि अन्य मुलुकभन्दा निकै विशिष्ट रहेको छ। भारतले नेपालको हरेक सुख-दु:खमा साथ दिँदै आएको छ। 

नेपालको पूर्वाधार विकास अथवा अन्य विभिन्‍न सामाजिक र आर्थिक विकासमा पनि ठूलो योगदान गर्दै आएको छ। हाल नेपालमा चीनले प्रभाव विस्तार गर्न चाहिरहेको समयमा पनि भारतले आफ्नो सहयोगलाई निरन्तरता दिइरहेको छ। 

नेपालमा चिनियाँ लगानी भित्र्याउन कम्युनिस्टहरु लागि परेको भए पनि नेपालको विसकामा भारतको सहयोग र सहकार्य अपरिहार्य भएको विज्ञहरुले बताएका छन्। इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स (आईसीडब्लूए) ले बुधबार नेपाल–भारत विकास साझेदारी विषयमा गरेको अन्तरर्क्रियामा विज्ञहरूले वैश्विक कारणले परेको प्रभावलाई कम गर्न दुवै मुलकले सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन्।

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले नेपालले वैदेशिक लगानी आकर्षण गर्न विभिन्न क्षेत्रमा सुधारात्मक प्रयासहरू गरेको चर्चा गरेका थिए। विदेशी लगानी, उद्योग तथा अद्योगिक क्षेत्रसम्बन्धी कानुनहरूमा सुधार गरेर लगानीमैत्री बनाइएको उनले बताएका हुन्। 

नेपालले भारतमा थालेको विद्युत् निर्यातले व्यापार घाटा कम गर्न सघाउने पनि उनले बताएका छन्। उद्योग, पर्यटन, उर्जा र सूचना प्रविधिलगायत क्षेत्रमा नेपालमा लगानी गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेको उनको भनाइ थियो।

नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रोयले कोरोना महामारी तथा रसिया–युक्रेन युद्धले विश्वव्यापीरुपमा आर्थिक कठिनाइहरू निम्त्याएको अवस्थामा पनि नेपाललाई भारतले आफ्नो सहयोग जारी राखेको बताएका छन्।

उनले पछिल्ला दिनमा नेपाल–भारतबीच महत्वपूर्ण सहकार्यको विकास भएको र त्यसले सकारात्मक दिशा लिएको समेत बताए। पूर्वराजदूत विजयकान्त कर्णले नेपालको विकास साझेदारमा भारत पहिलो रहेको बताए। 

उनले दुई मुलुकबीच रहेका विभिन्नखाले सम्झौताहरूको कार्यान्वयनमा आइपर्ने अनेकन बाधाको पहिचान गरी त्यसको समाधानमा दुवै पक्षले पहलकमदी लिनुपर्ने सुझाएका हुन्। 

भारतीय प्राध्यापक महेन्द्र पी लामाले नेपालले पहिलो पटक व्यावसायीक रुपमा भारतलाई बिजुली निर्यात गरेकोमा आगामी दिनलाई सकारात्मक र आशावादी भएर हेर्नुपर्ने बताए। नेपाल मामिलाका जानकार एवं अनुसन्धाता निहार नायकले भारतले सन् १९५२ देखि नै नेपालको विकास कार्यमा साझेदार भएर काम गरिरहेको बताए। नेपालले लिएको ‘भिजन २०३०’ लाई सफल बनाउन भारत सहयोगी हुनुपर्ने उनले बताएका हुन्।

विशेष