बालअधिकारकर्मी नै यौन दुराचारी, अप्राकृतिक मैथुन गराएको आरोपमा ढकाल थुनामा
![बालअधिकारकर्मी नै यौन दुराचारी, अप्राकृतिक मैथुन गराएको आरोपमा ढकाल थुनामा](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/09/dhakal.jpg)
मोरङका एक बालअधिकारकर्मी १२ वर्षिय बालकलाई अप्राकृतिक मैथुन गराएको आरोपमा पक्राउ परेका छन। उनलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष समेत बालअधिकारकर्मी ५० वर्षीय राजेन्द्र ढकाललाई प्रहरीले पक्राउ गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालयले ढकालविरुद्ध अदालतमा अप्राकृतिक मैथुन मुद्दा दर्ता गरेको थियो ।
सोही मुद्धाको सुनुवाईका क्रममा बुधबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
एजुकेसन हेल्पलाइन मोरङका अध्यक्ष समेत रहेका ढकालमाथि विराटनगर महानगरपालिका–१२ का १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप छ । पीडित परिवारले किटानी जाहेरी दिएपछि गत भदौ १६ गते उनी पक्राउ परेका थिए।