News

कक्षा १२ को परिक्षाफल सार्वजनिक

कक्षा १२ को परिक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । गत जेठ १६ देखि २५ गतेसम्म देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । यो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ ।

नतिजा थाहा पाउन राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np, नेपाल टेलिकमको www.neb.ntc.net.np मा तथा नेपाल टेलिकमकोको सिम मार्फत NEB Symbol No टाइप गरी १६०० मा क्ःक् गर्न सकिनेछ।

विशेष