News राजनीति

माओवादी सांसदले राष्ट्रिय सभामै राजासँग गठबन्धन गर्ने भनेपछि...

माओवादी सांसदले राष्ट्रिय सभामै राजासँग गठबन्धन गर्ने भनेपछि...

नेकपा माओवादीका राष्ट्रियसभा सदस्य सुरेश आले मगरले ‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने बताएपछि त्यसको ब्यापक चर्चा भएको छ। राजा र राजसंस्था नै नभएको मुलुकमा राजासंग गठवन्धन गर्ने भनेपछि उनी विवादमा पनि परेका छन् ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा आलेले निश्चित मुद्दाका कारण कांग्रेससँग गठबन्धन गर्नु परेको र नेपालमाथि कुनै विदेशी शक्तिले आक्रमण ग¥यो भने राजासँग पनि गठबन्धन गर्नुपर्ने बताएका थिए।

नेकपा एमालेका सांसदहरुले नेपालमा दुई पार्टी मात्र हुने भन्दै दिएको अभिव्यक्तिको खण्डन गर्दै उनले माओवादीले कांग्रेससँग गठबन्धन गरेकोमा प्रश्न उठाउनुभन्दा किन ग¥यो होला भनेर खोज्न सुझाव दिए । उनले भने, ‘कम्युनिस्ट त छोडिदिनुस्, राजतन्त्रसँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ ।’

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले भने आलेको अभिब्यक्ति रेकर्डबाड हटाउन माग गरे। आलेको अभिव्यक्ति गम्भीर भएको बताएका उनले नेपालमा अहिले राजतन्त्र र राजा दुबै नभएको भन्दै उनको भनाईको खण्डन गरे।
 

विशेष