News

एमाले विभाजनको असरः श्रीमान एकिकृत समाजवादीबाट श्रीमती एमालेबाट उम्मेदवार सिफारिस 

एमाले विभाजनको असरः श्रीमान एकिकृत समाजवादीबाट श्रीमती एमालेबाट उम्मेदवार सिफारिस 

पार्टी विभाजनपछि एमाले र नेकपा एसमा बाँडिएका दम्पत्ती प्रतिनिधिसभा सदस्यका लागि आआफ्नो पार्टीबाट उम्मेदवारमा सिफारिस भएका छन् ।


वागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री बसन्त मानन्धर नेकपा एसबाट काठमाडौं ७ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।

शुक्रबार क्षेत्रीय कमिटी बैठकमा उनको नाम एकलरुपमा सिफारिस भएको हो । सोही क्षेत्रबाट मानन्धर पत्नी इन्दिरा पन्त नेकपा एमालेको उम्मेदवारका लागि सिफारिस भएकी छन् । एमालेका क्षेत्रीय कमिटी बैठकले पन्तसहित तीनजनाको नाम यसअघि नै सिफारिस गरिसकेको छ ।


मानन्धर एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । पार्टी विभाजनपछि उनी नेकपा एसतिर लागे पनि पत्नी इन्दिरा पन्त भने एमालेमै छिन् । 

पन्त स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदकालागि पनि एमालेबाट सिफारिस भएकी छन् । उनी रोयल बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष हुन्। यसअघि उनीसँग राष्ट्रिय सहकारी विकास बोर्डमा समेत काम गरेको अनुभव छ ।

विशेष