News

भलिबल छनोटमा हस्तक्षेप गरेको भन्दै कुटिए रेफ्री

भलिबल छनोटमा हस्तक्षेप गरेको भन्दै कुटिए रेफ्री

धनगढीमा नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत भलिबल छनोट प्रतियोगिता भइरहेका बेला रेफ्री कुटिएका छन् । खेलमा हस्तक्षेप गराएको भन्दै एक रेफ्रिमाथि हातपात भएको छ ।

छनोट चरणको भलिबल प्रतियोगितामा कन्चनपुर र बझाङविच प्रतिश्पर्धामा विवाद भएको थियो । पहिलो हाममा कन्चनपुरको स्कोर १६ र बझाङको स्कोर २२ भएको बेला रेफ्रि कमिटिमा भएका तर रेफ्रिमा नभएका कर्ण कठायतले हस्तक्षेप गरेपछि विवाद उत्पन्न भएको एक खेलाडीले बताए । 

‘बझाङको स्कोर अगाडि थियो । साइड रेफ्रिले स्वतन्त्र मूल्यांकन गरिहेका थिए । त्यसैविचमा रेफ्रिनै नभएका तर रेफ्रि कमिटिमा भएका कर्ण कठायतले साइड रेफ्रीको निर्णयमाथि हस्तक्षप गरे । त्यसपछि विवाद बढ्यो र हात हालाहालको स्थीति उत्पन्न भयो ।’ ती खेलाडिले बताए । 

धनगढी स्थित रंगशालाभित्र  खेलाडी र निर्णायकविच विवाद भएपछि खेल दुई घण्टासम्म स्थगित भएको थियो । खेल स्थगित भएपछि कन्चनपुरले जितेको थियो । रेफ्रि कर्ण कठायतले विवाद सिर्जना गरेकाकारण हार ब्यहोरेको बझाङबाट खेलिरहेका एक खेलाडीले बताए । रेफ्रि कमिटिमा रहेका कठायत मादक पदार्थ सेवन गर्ने गरेको र आक्रामक हुने गरेको समेत खेलाडिहरु आरोप लगाउँछन् । हिजो भएको झडपमा कठायतको टाउको फुटेको छ । 

हातपात हुँदाको भिडिओ र फुटेजहरु अहिले सामाजिक सञ्जालमा भाइरल भैइरहेको छ । 

विशेष