बच्चा चोर्न खोजेको आरोपमा ४ जना पक्राउ
![बच्चा चोर्न खोजेको आरोपमा ४ जना पक्राउ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/pratap_28/2019/04/arest.jpg)
बच्चा चोर्न खोजेको आरोपमा कञ्चनपुरमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साह छन् ।
उनीहरुले शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा प्रहरीको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहका अनुसार ‘बच्चा चोर्न लागेको’ भन्दै चारै जनालाई गाउँलेले घेरा हालेका थिए।
गाउँलेले नै खवर गरेपछि प्रहरी पुगेर उनीहरुलाई नियन्त्रण गरेको शाहले बताए। स्थानीयले भने शुक्लाफाँटा–८ का छ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जङ्गलतर्फ लैजान खोजेपछि उनीहरुलाई घेरा हालेर नियन्त्रणमा लिईएको बताएका छन् ।