News

राष्ट्रपतिको आलोचना गर्दा पूर्वराष्ट्रपति विवादमा, बाबुरामले सम्झाए कटुवाल प्रकरण

राष्ट्रपतिको आलोचना गर्दा पूर्वराष्ट्रपति विवादमा, बाबुरामले सम्झाए कटुवाल प्रकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक्ता विधेयक प्रमाणिकरण नगरेर संविधानको उलंघन गरेको आरोप लागिरहेका वेला संविधान उलंघन गर्ने काम पूर्वराष्ट्रपति रामबरण यादवले सुरु गरेको भन्दै उनको समेत आलोचना सुरु भएको छ।

पछिल्लो समय पूर्वराष्ट्रपति यादवसमेत लागेर भण्डारीको आलोचना गरिरहेका बेला पूर्पप्रधानमन्त्रीसमेत रहेका नेता बाबुराम भट्टराईले डा. यादवको आलोचना गरेका हुन। भट्टराईले राष्ट्रपतिले चाल्ने असंवैधानिक कदमको सुरुवात तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल प्रकरणबाट भएको बताएका छन्।

तत्कालीन राष्ट्रपति डा. यादवले गरेको कटवालको थमौतीबाट राष्ट्रपतिको असंवैधानिक कदम सुरु भएको उनको भनाई छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक कदम चालेको उल्लेख गर्दै भट्टराईले डा. यादवलाई विवादमा ल्याएका हुन।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको जीवनमा आधारित पुस्तकको विमोचन कार्यक्रममा बिहीबार भट्टराईले कटवाल प्रकरणमा आफूले पनि भूमिका खेलेको भनेर थापाले लेखेको बताए । ‘कटवाल प्रकणमा उहाँले पनि भूमिका खेल्नुभएको रहेछ । त्यसलाई स्वीकार गर्नुभएको छ । त्यतिबेला माओवादीले सेना नै कब्जा गर्न खोजेको भन्ने आगो लगाएको थियो । त्यो तथ्यसंगत थिएन,’ भट्टराईले भने, ‘राजाप्रति निष्ठावान सेना जनताप्रति निष्ठावान गर्नुपर्छ भन्ने हो । मन्त्रिषरिषद्ले गरेको निर्णयलाई पनि असंवैधानिक तरिकाले, अहिले पनि राष्ट्रपतिको असंवैधानिक कदम आएको छ, सुरुवात त्यतिबेला नै भएको थियो ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री भएका बेला ०६६ वैशाखमा तत्कालीन प्रधानसेनापति कटवाललाई बर्खास्त गरिएको थियो । तर, तत्कालीन राष्ट्रपति यादवले निर्णय उल्ट्याइदिएपछि दाहालले राजिनामा दिएका थिए ।

पूर्वराष्ट्रपति डा. यादवले राष्ट्रपति भण्डारीको कदमले देश फेरि प्रतिगमनतर्फ जान सक्ने भन्दै आलोचना गर्ने गरेका छन् । बुधबार जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनर्निर्माणको भूमिपुजन गर्दै गर्दा पनि उनले नेपालको लोकतन्त्रमा फेरि कालो बादल छाएको बताएका थिए ।

‘दुई दुई पटक सदनबाट पास भएको नागरिकता विधेयकलाई राष्ट्रपति ज्युले प्रमाणीकरण गर्नुपथ्र्यो । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा, कर्तव्य बुझेर काम गर्नुपर्ने थियो’ उनले भनेका थिए–‘तर आज उहाँले संविधानको उलंघनकै काम गर्नु भएको छ, यसले लोकतन्त्रमा कालो बादल छाएको छ ।’

विशेष