News

आयोगले पत्रकारलाई किन दिएन अस्थायी मतदाताको अधिकार ?

आयोगले पत्रकारलाई किन दिएन अस्थायी मतदाताको अधिकार ?

निर्वाचन आयोगले पत्रकारहरुलाई अस्थायी मतदाताको अधिकारबाट बन्चित गरेको छ। चुनावका बेला घर जान नपाउने पत्रकारलाई पनि यो अधिकार दिन माग भए पनि निर्वाचन आयोगले यसलाई वेवास्ता गरेको छ। 

आयोगका अनुसार आफ्नो मतदाता नामावली रहेको पालिकामा पुग्न नपाउने सरकारी कर्मचारी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा÷कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, सरकारबाट स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरुले आफू बसेकै ठाउँबाट अस्थायी मतदाताका रुपमा मतदान गर्न पाउनेछन्। तर, पत्रकारलाई यो सुविधाबाट वन्चित गरिएको छ।

निर्वाचनका बेलामा कार्यस्थलमा खटिने ठूलो संख्याका संचारकर्मी मतदानका लागि आफ्नो गाउँ जान नपाईरहेको अवस्था छ। यसअघि ललितपुरको हिमालय होटलमा निर्वाचन आयोगले आयोजना गरेको सम्पादकसँगको अन्तक्रियामा पत्रकारलाई पनि कार्यस्थलबाटै भोट हाल्न सुविधा दिइनपर्ने माग उठेको थियो। तर निर्वाचन आयोगले त्यो मागलाई सुनुवाई नगरेपछि ठुलो संख्यामा संचारकर्मीहरु मतदातबाट वन्चित हुने र्भका छन्।

अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था छ। प्रत्यक्षतर्फ उनीहरुले मतदान गर्न पाउँदैनन्। अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगवाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने आयोगले जनाएको छ। 

आयोगले आजबाट कार्यस्थलबाटै समानुपातिकतर्फ मतदान गर्न पाउने प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ। असोज ८ गतेदेखि २६ गतेसम्म अस्थायी मतदाता नामावलीमा नाम समावेश गर्न सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख दर्ता अधिकारी (प्रदेश जिल्ला निर्वाचन अधिकारी) को कार्यालयमा पठाउन पर्ने ब्यवस्था गरिएको छ।

विशेष