News

१६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त (सूचिसहित) 

१६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त (सूचिसहित) 

निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो ।

७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले जानकारी दिए। यसैगरी न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त्त गरिएको छ। 

०७९ असोव ११ गतेदेखि लागु हुने गरी न्याय परिषदको सिफारिशमा ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवा आयोगको सिफारिशमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त्त गरएको हो।

मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू असोज  १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको छ । यो कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन आयोगले सूचना जारी गरेको छ ।

अभिमुखीकरण कार्यक्रमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्ति पत्र प्रदान गरिने आयोगले जनाएको छ । आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता गरीसकेको छ ।

प्रतक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयम दर्ताको कार्यसूची  छ । 

विशेष