News राजनीति

रामचन्द्र पौडेलले समानुपातिकको सूचीबाट किन हटाए छोरीको नाम?

रामचन्द्र पौडेलले समानुपातिकको सूचीबाट किन हटाए छोरीको नाम?

नेपाली कांग्रेसको समानुपातिकको सूचीमा पार्टीका शीर्ष नेता र आफन्त मात्रै परेको भनेर आलोचना हुनु थालेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोरी संज्ञा पोखरेलको नाम समानुपातिकको सूचीबाट हटाएका छन् ।

संज्ञाको नाम गण्डकी प्रदेशसभा सदस्यका लागि खस आर्य तर्फ पहिलो नम्बरमा सिफारिस भएको थियो। कास्की जिल्लाबाट खस आर्य तर्फ पहिलो नम्बरमा सिफारिस भएर आएको उनको नाम गण्डकी प्रदेशले पनि पहिलो नम्बरमै सिफारिस गरेको थियो ।

तर असोज ३ गते निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्द सुचीको नाम बुझाउने बारेमा छलफल भइरहदा पौडेलले छोरी संज्ञाको नाम हटाएको स्रोतले जनाएको छ। उनी गत जेठमा घरको छतबाट चिप्लिएर लडेपछि लामो समय ट्रमा सेन्टरमा उपचार गराएर घरमा थेरापी गराएर आरम गरिरहेकी छन् ।

संज्ञाको नाम सूचिबाट हटाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा तथा अन्य पार्टीका शीर्ष नेताका आफन्तहरुको नाममा भने अहिले पनि आलोचना भईरहेको छ। विमलेन्द्र  निधि, गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुरलगायतका नेता समानुपातिकमा वसेपछि नेता/कार्यकर्तामा ठुलो आक्रोश छ।

विशेष