News

वसको ठक्करबाट ६ वर्षिय विद्यार्थीको मृत्यु, वसमा आगो लगाईयो

वसको ठक्करबाट ६ वर्षिय विद्यार्थीको मृत्यु, वसमा आगो लगाईयो

वसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि धादिङको गजुरीमा तनाव उत्पन्न भएको छ। स्थानीयबासिन्दा र विद्यार्थी प्रदर्शनमा उत्रिएका छन भने वसमा आगजनी गरिएको छ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले गजुरी बजारको आदर्श माद्यामिक बिद्यालयका एक जना विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै ठक्कर दिएको थियो। ठक्करबाट कक्षा १ मा पढ्ने ६ वर्षीय विजय परियारको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडी तोडफोड र आगजनी गरेका छन् ।

उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् । अहिले गजुरी बजार तनावग्रस्त रहेको छ । दुवैतर्फबाट आएका सवारी साधन रोकिएका छन् ।

विशेष