News अपराध सुरक्षा

लाल मोहम्मदको हत्यामा यसरी जोडियो अन्डरवर्ल्ड डन छोटा राजन समुह !

लाल मोहम्मदको हत्यामा यसरी जोडियो अन्डरवर्ल्ड डन छोटा राजन समुह !

गोठाटारका लाल मोहम्मदको हत्या प्रकरणमा एक वर्ष पहिलेको ‘हुण्डिको रकम लुटपाट’ घट्ना जोडिएको छ। भारतीय जालि नोट र हुण्डिको रकम लुटिएको कारण उनको हत्या गरिएको आशंका प्रहरीले गरेको छ।

लाल मोहम्मदले पाकिस्तान र बंगलादेशसँग नजिक रहेर भारतीय जाली नोटको अवैध कारोबार तथा हुण्डिका दुई कारोबार गर्दै आएका थिए। मोहम्मद आफैं पाकिस्तानबाट नक्कली भारतीय नोट ल्याएर कारोबार गर्ने भएकाले उनलाई आईएसआई निकट रहेको भनेर भारतीय खुफिया एजेन्सी ‘रअ’ ले निगरानीमा राखेको थियो। यीनै कारण उनको हत्या गरिएको प्रहरीको अनुमान छ। 

प्रहरीका अनुसार एक वर्ष पहिले लाल मोहम्मदसँगै मिलेर हुण्डिको कारोबार गर्ने नितिन मदनको ७० लाख नेपाली र ३० लाख भारु लुटपाट भएको थियो। घटना भएको केही समयमै नेपाल प्रहरीले यो घटना भएको थाहा पाएपनि कसैले उजुरी नगरेपछि थप अनुसन्धान भएन। घटना गुपचुपमै सकियो। 

तर, रकम लुटपाटपछि यो समूहमा भने खटपट सुरु भएको थियो। नितिनले रकम लुटपाटमा लाल मोहम्मदकै योजनामा भएको ठानेको थियो। त्यसैले उनीहरुबीच खटपट भएको अनुसन्धानबाट खुलेको छ। एक वर्ष पहिले त्यो घटना हुनु र अहिले मोहम्मदको हत्यामा नितिनको संलग्नता खुल्नु ले हुण्डि प्रहरण नै हत्याको एक कारण हुन सक्ने प्रहरीको प्रारम्भिक निस्कर्ष छ।

घट्नास्थल नजिकै कोसिपारी गेष्टहाउसमा कोठा भाडामा लिएर नितिनले नै लाल मोहम्मदको हत्याको योजना बनाएको र गोलि हान्ने सुटर पनि त्यही होटलमा बसेको खुलेको छ। मोहम्मदले सञ्चालन गरेको ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’बाट करिब २ सय मिटरको दुरीमा सो गेष्ट हाउस छ । गार्मेन्टको माथिल्लो तलामा लाल मोहम्मद आफ्नो परिवार सँग बस्दै आएका थिए ।

गेष्ट हाउसमा भदौ ३० बाट बसेर निगरानी गरेका नितेनले सुरुमा १०४ नबर कोठा नितेन खानको नाममा बुक गराएका थिए । असोज १ गते उनले फेरी भुवन मगरको नाममा १०५ नम्बर कोठा लिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । भदौ ३ मा बिहान उनले गेष्ट हाउसमा दुई जना सुटर बोलाएका थिए । सुटर गेष्ट हाउसमा आएकै साँझ लाल मोहम्मद मारिए । सुटरले उनलाई ६ गोली प्रहार गरेकोमा ४ गोली उनको शरीरमा लागेको पाईएको छ।

लाल मोहम्मदको हत्या कनेक्सन भारतीय अन्डरवर्ल्ड डन उदय सेट्ठीसँग पनि देखिएको छ । सेट्टीलाई पाकिस्तानी खुफिया एजेन्सी ‘आईएसआईनिकट’ अन्डरवर्ल्ड डन दाउद इब्राहिमको निकट रहेको भनेर पनि हेर्ने गरिन्छ।  रसुवा कारागारमा रहेका अन्डरवर्ल्ड डन सेट्ठीसँग नितेन नियमित टेलिफोन सम्पर्कमा रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

अन्डरवर्ल्ड डन छोटा राजनका मुख्य सहयोगी सेट्ठी सामाखुसीका व्यवसायी केदार कक्षपतिका छोरा निरजलाई अपहरण गरेर १ करोड ५० लाख फिरौती लिएको मुद्दामा जेल परेका हुन् । लाल मोहम्मद पनि लामो समय रसुवा कारागारमा बसेका थिए । २०६४ असार २० मा काठमाडौँको अनामनगर स्थित धोबीखोलामा बाराका बलराम पटुवालाई गोली हानेर हत्या गरेपछि जेल परेका उनी करिब १० वर्षपछि निस्केका थिए ।

पटुवा जाली नोट कारोबारमा जोडिएका थिए । विगतमा जाली नोट कारोबारमा जोडिएका व्यक्तिहरूको हत्यामा पनि छोटा राजन र  भारतीय अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तव र ‘बब्बु’ भनिने त्रिलोक सिंह उर्फ दीपक शाहीको समूह संलग्न हुँदै आएको छ । बब्लु अहिले जेलमा छन् । उनी जेल परेपछि नेपालमा बब्बुको समूह प्रयोग हुने गरेको इतिहास छ ।

यता, काठमाडौंको वसन्तपुरमा बस्दै आएको नितिनको परिवार घटनाको केही समय पहिले भोटेवहालमा डेरा सरेको पाइएको छ। नितिन फरार छन्। परिवारका सदस्यसँग प्रहरीले सोधपुछ गरिरहेको छ।

सर्लाहीको गोडैता नगरपालिका–२ स्थायी घर भएका कपडा व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीको हत्या सोमबार साँझ काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित गोठाटारमा भएको थियो। 

यो पनि,

लाल मोहम्मद हत्या

विशेष