News

डिभि परेका सात जना अमेरिकि दुताबासबाट पक्राउ

डिभि परेका सात जना अमेरिकि दुताबासबाट पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर अमेरिका छिर्न खोज्ने र नक्कली शैक्षिक प्रमाणपत्र बनाउने ९ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

डिभी परेपछि भिसा प्रक्रियामा कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने सात जना र बनाउने दुई जनासहित ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भई टोखा बस्ने २५ वर्षीया राधिका तामाङ र स्याङ्जा घर भई बसुन्धारा बस्ने ३८ वर्षीया सविता श्रेष्ठ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

यस्तै अछामका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापाका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाईं र ४७ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन् । त्यस्तै एक जना काठमाडौंका २१ वर्षीय सूर्यराज खत्री पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरूलाई बिहीबार अमेरिकी दूतावासबाटै पक्राउ गरिएको हो ।


पक्राउ परेकामध्ये दिनेश प्रसाईं र सूर्यबहादुर श्रेष्ठले नक्कली प्रमाणपत्र बनाउनेकार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।  

पक्राउ परेका व्यक्तिहरु २०२१ मा डिभी भरेका भरेको र नतिजामा नाम निस्किएको प्रहरीले जनाएको छ । तरm भिसा प्रक्रियामा जानका लागि कक्षा १२ को शैक्षिक प्रमाणपत्र आवश्यक पर्ने भएकाले उनीहरूले नक्कली प्रमाणपत्र बुझाएको खुलेको छ । 
 

पक्राउ

विशेष