News

राष्ट्रपति र शीतलनिवास विरुद्ध परेका सबै रिटको सुनुवाई आईतवार

राष्ट्रपति र शीतलनिवास विरुद्ध परेका सबै रिटको सुनुवाई आईतवार

राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्ने परामदेश माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दाको पेसी आइतबारलाई सरेको छ।

बिहीबार दर्ता भएको रिटको पेशी आजका लागि न्यायाधीश मनोज शर्माको एकल इजलासमा तोकिएको थियो। तर, ति मुद्दा हेर्न नभ्याउनेमा परेको छ। राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाउँदै पाँच थान रिट सर्वोच्चमा दायर भएको थियो।

अधिवक्ता सुनिलरञ्जन सिंहसहितको रिट पेसी चढेपछि अन्तिममा पालो परेका काण सुनुवाइका लागि शुक्रबार पालो नै नआएको सर्वोच्च अदालतले जनाएको छ। अधिवक्ता सागर बराल, सुनीलरञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयविरुद्ध छुट्टाछुट्टै रिट दर्ता गराएका थिए। 

प्रतिनिधिसभाको दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले १५ दिनसम्म त्यसै राखेपछि उक्त कदमले संविधानको धारा ११३ को उल्लंघन भएको दाबी रिटमा गरिएको छ।

विशेष